www.tandavnews.com
Fact ~ In search of truth

कास्की मालपोतबाट ६ जना बिचौलिया पक्राउ

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले मालपोत कार्यालय कास्कीबाट ६ जना बिचौलिया पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले ६ जना बिचौलिया सहित नगद र कागजात पक्राउ गरेको हो ।

मालपोत कार्यालयमा बिचौलियाका कारण कार्यालयका फाइलहरु हराउने, च्यातिने समस्या भएको गुनासो आएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Batas

पक्राउ पर्नेमा पोखरा–२१, कृष्ति बस्ने वर्ष २८ का शिव गुरुङ, नगद ८ हजार पचास रुपैयाँ र द गोर्खाज सहकारी संस्थाको बैंक भौचर सहित पक्राउ परे। पोखरा–१, बगर बस्ने वर्ष ४५ का देवेन्द्र तझ्या, नगद चार हजार पचास रुपैयाँ र लोकेश प्रकाश राज भण्डारीको लालपुर्जा र नागरिकताको फोटोकपी सहित समातिए।

पोखरा–१७, छोरेपाटन बस्ने वर्ष ४४ का सहदेव सुवेदी, नगद ६ सय ५५ रुपैयाँ र श्याम बास्तोलाको अद्यावधिक छायाप्रति, ईश्वर सुवेदीको छोडपत्र र हेमा लक्ष्मी मगरको जग्गा रोक्का कागज सहित पक्राउ परेका हुन् । पोखरा–३१, बेगनासताल बस्ने वर्ष २४ का मनोज तिवारी, नगद ६ हजार र गण्डकी विकास बैंकको जग्गा रोक्का पत्र र तम्सुक सहित समातिए ।

तनहुँ भानु नगरपालिका–८ घर भई हाल पोखरा–५, बस्ने वर्ष २६ का विश्रुत ढकाल, नगद १४ हजार ५ सय ४० रुपैयाँ र देवी माया वि.क.को लालपुर्जा, यम प्रसाद गुरुङको र वविता गुरुङको आम्दानी रसिद सहित पक्राउ परे ।  पोखरा–६, बैदाम बस्ने वर्ष २२ का विष्णु कडेंल, नगद १ हजार १ सय २० रुपैयाँ, मुक्तिनाथ विकास बैंकको राजश्व दाखिला फारम रोक्का चिठी, तम्सुक र हरिमाया बस्नेतको तम्सुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाबाट कुल रकम ३४ हजार ४ सय १५ रुपैयाँ र सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिइएको छ।

सेवाग्राहीबाट सानो कामका लागि पनि मोटो रकम असुल्ने र सेटिङ मिलाइदिने भनी नहुने कामलाई गराउन खोज्ने जस्ता प्रवृत्तिले गर्दा मालपोत कार्यालयको छवि धमिलिएको छ ।

बिचौलियाले मालपोतका हेरक फाँटमा निश्कोच प्रवेश गर्ने, सरकारी फाइलहरु कार्यालय बाहिर नै लगि किर्ते गर्ने गरिएको घटनाहरु पनि आउने गरेका छन् ।

राज्यले कुनै पनि सरकारी कार्यालयमा बिचौलियाको प्रवेश निशेध गरेको छ । तर पनि हालसम्म उल्लेखनीय रुपमा सुधार हुन सकेको छैन् ।

यातायात कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, अध्यागमन विभाग लगायतमा बिचौलियाको विगविग छ ।

सेवाग्राहीका अनुसार अन्य सरकारी कार्यालयमा पनि यसरीनै बिचौलिया समस्या रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.