www.tandavnews.com
Fact ~ In search of truth

फेवा नव वर्ष २०७५; खाना, पर्यटन र संस्कृति महोत्सवको आकर्षण

नयाँ वर्षको अवसरमा पश्चिमाञ्चल होटेल संघले फेवा नव महोत्सवको आयोजना गरेको छ । १५ औं संस्करणको महोत्सव फेवाताल स्थित कोमागाने पार्कमा चैत २८ देखि बैशाख २ गतेसम्म चल्नेछ । ‘फेवा ताल संरक्षण गरौं’ भन्ने नाराका साथ आयोजित महोत्सवको बारेमा संघ अध्यक्ष विकल तुलाचनसँग ताण्डव न्यूजले गरेकाे कुराकानी:

महोत्सवको आकर्षण के हो?

महोत्सवको चैत २८ गते दिउँसो खहरेचोकबाट र्याली महोत्सव परिसरमा गई समुदघाटनमा परिणत हुनेछ । २९ गते बसुन्धरापार्कको किनारामा डुङ्गा दौड प्रतियोगिता रहनेछ, त्यहाँ १० वटा टिम सहभागी हुनेछन् । ३० गते खहरचोकदेखि महोत्सवस्थलसम्म पर्यटक दौड प्रतियोगिता राखिएकोे छ । यसमा एक सय भन्दा पर्यटकलाई सहभागी हुने अपेक्षा गरेका छौं । बैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । नेपाली तथा विदेशी खाना, सांस्कृति कार्यक्रम, लोक दोहोरी, पप कन्सर्ट, व्यापारिक स्टल, हाँस्य कलाकारको प्रस्तुति, खुल्ला नृत्य र रत्यौली गीत प्रतियोगिता जस्ता आकर्षण रहनेछन् ।

Batas

गत वर्षको महोत्सवभन्दा यो पटक के फरक छ ?

पहिला पहिला हाम्रोमा संस्कृतिको सहभागी त्यति हुने थिएन् । यो पटक विभिन्न जातजातिको झाँकीलाई प्रोत्साहन दिएर सहभागी गराउने योजना छ । विभिन्न खानाको स्टलमा अन्तर्राष्ट्रिय खानाभन्दा पनि नेपाली खानालाई पस्कने जमर्को गरेका छौं ।

महोत्सवको उद्देश्य भनेको के हो ?

खाना, पर्यटन र संस्कृति नै महोत्सवको मुख्य आकर्षण भएकोले खानाका स्टल १० वटा रहनेछन् भने अर्को व्यवसायीक २५ वटा रहनेछ । महोत्सवमा विभिन्न मनोरञ्जनका कार्यक्रमहरु रहनेछ । रातमा पप कन्सर्ट र दिउँसो लोकदोहोरी साँगीतिक प्रस्तुति रहनेछ । विशेषगरी विभिन्न ठाउँठाउँहरुका संघसंस्थालाई समेटेका छौं । महोत्सवको अर्को मुख्य उद्देश्य भनेको आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने हो । यसको प्रचारप्रसार भइरहेको छ । दिनप्रतिदिन प्रदूषित र संकुचित हुँदै गएको फेवा तालको संरक्षण गर्दै आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ ।

madi
machhapuchre

होटेलसंघले महोत्सव आयोजना गरेको छ, महोत्सव हेर्न आउने पर्यटकलाई होटेलमा छुटको व्यवस्था के–कस्तो छ ?

महोत्सवमा आन्तरिक पाहुनालाई लक्षित गरी संघले छुटसहितका विभिन्न ४ वटा प्याकेजहरु समेत सार्वजनिक गरेको छ । तिनमा दुई हजार नौ सय ९० रुपैयाँ देखि २१ हजार एक सय १० रुपैयाँ बीचका घुमघाम, शैक्षिक भ्रमण, र मधुमासका दुई वटा गरी कुल ४ प्याकेज रहेका छन् । होटेलको तोकिएको रकममा केही प्रतिशत छुट गरिदिनको लागि आग्रह गरेका छौं । अन्य बेलाको भन्दा यो पर्यटनको आगमनको सिजन भएकोले केही मात्रामा छुटको व्यवस्था गरिदिनु भनेर होटेलहरुलाई निर्देशन गरेका छौं ।

नयाँ वर्षको महोत्सवमा कति पर्यटक आउँलान ?

हामीले त्यस्तै ४०/५० हजारको अपेक्षा गरेका छौं । पाँच दिनको महोत्सवको लागि आन्तरिक पर्यटकनै आउने अपेक्षा हो । विभिन्न ठाउँमा गएर यसको प्रचार समेत गरेका छौं । पश्चिम एरियामा जाउँ है पोखरा, पोखरा महोत्सवको लागि भनेर त्यहाँका व्यवसायीहरुसँग भेटघाट गरेर प्रचार गरेका छौं ।

महोत्सवअवधिभर सुरक्षाको व्यवस्था कसरी गर्दै हुनुहुन्छ ?

हामीसँग महोत्सवस्थल भित्र आफ्नो निजी सेक्युरेटी पनि छ । दिनरात उहाँहरु अहोरात्र खट्नुहुनेछ । दोस्रो सुरक्षा निकायसँग समन्वय गरेर ट्राफिक व्यवस्थापनहरु, बस व्यवसायीहरुसँग मिलेर मध्यरातसँग चलाइदिने परिपत्र गरेका छौं । सुरक्षाको हिसाबले विभिन्न सावधानीको उपकरणहरु जडान गर्नेछौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.