www.tandavnews.com
Fact ~ In search of truth

गजल-आटो पिठो खाएर ज्यान धान्नुपर्छ बुझ ।

गजल

माइत जस्तो हुन्न घर जान्नुपर्छ बुझ ।
आटो पिठो खाएर ज्यान धान्नुुपर्छ बुझ ।

मैले पुज्ने भगवान हुन यिनै माता पिता ।
मलाई भन्दा बढी यिनलाई मान्नुपर्छ बुझ ।।

Batas

शंका होला छरछिमेकमा कुरा चल्दाखेरि ।
सही र गलत के हो भनि छान्नुपर्छ बुझ ।।

पछि तिमी नखोज्नु नि चौरासी व्यञ्जन ।
खोले माथि मेथीले तिउन झान्नुपर्छ बुझ ।।

आइरन चक्की हुन्न गाउँमा गर्भवती हुँदापनी ।
कागती र निउवाको रस साँध्नु पर्छ बुझ ।।
आटो पिठो खाएर ज्यान धान्नुपर्छ बुझ ।।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.