www.tandavnews.com
Fact ~ In search of truth

नयाँ वर्षमा खेलाडी संघको प्रभातफेरी तथा सम्मान कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

नयाँ वर्ष २०७५ को स्वागतमा खेलाडी संघ कास्कीले प्रभातफेरी शुभकामना ¥यालीको आयोजना गर्ने भएको छ ।

विहीबार पोखरा रंगशालामा खेलाडी संघ कास्कीले पत्रकार सम्मलेनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
नयाँ वर्षको अवसरमा आपसी भाईचारा र समग्र खेलकुद विकासको लागि खेलाडीहरुलाई एक्येबद्धता गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष दीपक बहादुर गोदारले बताए ।

Batas

वैशाख १ गते विहान ७ः३० बजे मानव अधिकारी चोक, चिप्लेढुङ्गामा कार्यक्रम हुने भएको छ ।

कार्यक्रममा रंगशाला पर्खाल निर्माण समितिका पदाधिकारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जानकारी संघले गराएको छ ।
विगत २७ वर्ष देखि स्वयंसेवकको रुपमा पोखरामा फुल कन्ट्याक्ट करातेको प्रशिक्षण गराउँदै आएका शिव गुरुङलाई सम्मान गरिने संघका अध्यक्ष गोदारले बताए ।

प्रभातफेरी ¥याली मानवअधिकार चोकबाट सुरु भई पोखरा रंगशालामा आएर समापन हुने जानकारी गराइएको छ ।

¥यालीमा खेल संघका पदाधिकारी, पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलाडि, शुभेच्छक, खेलप्रेमीका साथै सर्वसाधारण समेत सहभागि हुन पाउने छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.