www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुड कार्निभल : रेडी छ स्टेज, पर्खाई तपाइको (फोटो फिचर)

पोखरा
ताण्डण्व न्यूज ।

नयाँ वर्ष २०७५ को स्वागतमा आई ब्लुज म्यानेजमेन्ट प्रा.लि.ले आयोजना गरेको अन्तर्राष्ट्रिय स्तरको ‘पोखरा फुड कार्निभल’ कार्यक्रमको लागि प्रर्दशनी केन्द्र प्राङ्गण सजाइएको छ ।

भोलि चैत्र ३० गते आयोजना हुने कार्यक्रमको तयारी पूरा भएको आई ब्लुज म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुशल थापाले बताए ।

Batas

साउण्डको दुनियाँमा ख्याति कमाएको आइएसएस साउण्डजलाई पोखरामा पहिलो पटक फुड कार्निभल मार्फत ल्याईको कार्यक्रम संयोजक अमृत अधिकारीले जानकारी दिए ।

नेपालीहरुमा पनि नयाँ वर्षको सुखद क्षणमा विभिन्न फुड स्टलका खानाका परिकार, पेय पदार्थ, पार्टी र डिजे म्युजिकको प्रस्तुतिमा रमाउने वातावरण तयार गर्ने उद्देश्यले पोखरामै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘पोखरा फुड कार्निभल’ कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

कार्यक्रममा लाइभ व्याण्डको प्रस्तुतिका साथै, वि बोइङ डान्सको प्रस्तुति रहने भएको छ । साथै सांस्कृतिक विविधता झल्कने पोशाक सहितका व्यक्तिहरुलाई स्वयं आयोजकको तर्फबाट सय जनालाई उपस्थित गराउने आयोजक आई ब्लुजले जनाएको छ ।

 

कार्यक्रमलाई सफल बनाउनका लागि अफिसियल वियर पार्टनर टुवोर्ग वियर, लिक्वियर पार्टनर रुसलान भोड्का, सफ्ट ड्रिङ्क्स पार्टनरमा बाचुस इनर्जी ड्रिङ्क्स, कोकाकोला रहेका छन् ।

त्यसैगरी स्पोन्र्सड वाई निउट्रिसिल, अफिसियल कस्टम पार्टनरमा बुलाकी (हाईलाइट इट), अनलाई मिडिया पार्टनरको रुपमा ताण्डव न्यूज, एसटु प्रोडक्सन र वीज वक्र्सले सहयोग गरेका छन् ।

दिउँसो र साँझ गरी दुई चरणमा सम्पन्न हुने कार्यक्रममा दिउँसोको चरणको कार्यक्रममा पनि लाइभ डिजे, वि बोइङ डान्स, पार्टी र कार्यक्रममा निर्धारण गरिएका सबै किसिमका प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट संकलित रकम मध्ये प्रतिफलको १५% प्रतिशत राष्ट्रिय आविस्कार केन्द्र (महाविर पुन) लाई सहयोग गरिने म्यानेजमेन्टका प्रबन्ध निर्देशक कुशल थापाले जानकारी दिए ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.