www.tandavnews.com
Fact ~ In search of truth

नीति र योजना संगठनमा आवश्यक : परियार

पोखरा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले भातृ संस्था तथा शुभेच्छुक संस्थामा नीति र योजना आवश्यक भएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं ४ को प्रथम अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेसमा व्यक्ति हावी हुँदा संगठन कमजोर भएको बताए ।

नेता परियारले ट्रेड युनियन कांग्रेसले रचनात्मक काम गरेर देखाउन अनुरोध गरे । पार्टीमा भएको श्रमिक विभागलाई जुझारु र क्रियाशील बनाउन स्वयं मजदुर नै लाग्नुपर्ने उनको भनाई थियो ।

Batas

कांग्रेस नेतृत्वमा २०१६ देखि सुरुआत गरेको श्रम ऐनदेखि २०४८ साल र वर्तमान सभापति शेरबहादुर देउवाले ल्याएको योगदानको आधारमा सामाजिक सुरक्षा ऐन परितलाई पार्टीले जनतासामु ल्याउन नसकेकोमा चिन्ता व्यक्त गरे । पार्टी प्रति केन्द्रित हुँदै नेता परियारले समृद्धिको सपना पूरा गर्न पार्टीको विधान र क्रियाशील सदस्यता अभिलेख परिमार्जन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो चुनावलाई समीक्षा गर्दै केन्द्रीय सदस्य परियारले ६ सय क्रियाशील सदस्य भएको बुथमा ३ सय ५० प्यानल मत खस्नु पार्टी हित विपरित र अनुशासनको कमजोरी भएको बताए ।

अधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरले कांग्रेसमा व्यक्ति बन्ने पद्धतिको अन्त्य हुनुपर्नेमा जोड दिए । पार्टी प्रति कडा अभिव्यक्ति दिँदै नेता कुँवरले नेतृत्वमा एक मत नहुँदा वामपन्थीसँग लड्न नसकेको धारणा राखे ।

पार्टी कार्यकर्ता निरास बनेको अवस्थामा नयाँ नीति र योजनामा कांग्रेसलाई हिडाउन जोड दिँदै एक्लै हिडेर कोहीपनि शिखरमा पुग्न नसक्ने ठोकुवा गरे ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.