www.tandavnews.com
Fact ~ In search of truth

नाटक ‘जिउँदो आकाश’ मा तेस्रोलिङ्गीका समस्या

पोखरा ।

ओझेलमा पारिएको अल्पसंख्यक मध्ये तेस्रोलिङ्गी पनि एउटा समुदाय हो । जो जटिल सामाजिक संरचनामा जिउन बाध्य छ । राज्यबाट कानुनमा केही अधिकारहरु सुनिश्चित गरिए पनि व्यवहारिक जीवनमा खासै परिवर्तन पाइदैन ।

जन्म दिएका कतिपय बुबाआमाबाट समेत उनीहरु अपहेलित हुनु परेको स्थिती छ । यही कारणले उनीहरु मानसिक रुपमा विक्षिप्त छन् । राज्यले उचित संरक्षण गर्न सकेको छैन । रोजगारीको पहुँचमा उनीहरु पुग्न सकेका छैनन् ।

Batas

समाजले वास्तविक कुरा बुझ्न सकेको छैन । विस्तारै–विस्तारै यी अल्पसमुदायका सदस्यहरु संगठित हुदै छन् । त्यो पनि सहरबजारमा मात्रै । दुरदराजका कतिपय पीडित छन् । आफ्नो पिडा न पचाउन सक्छन् । न कसैलाई सुनाएर हलुका पार्न सक्छन् । अभिभावकहरु पनि हिनताबोधमा बाँचिरहेको स्थिति देख्न सकिन्छ ।

यो सबै अनविज्ञताको कारणले भएको हो भन्ने ठहर सहित चन्द्रप्रसाद पाण्डेले नाटक ‘जिउँदो आकाश’ लेखेका हुन् ।

निर्देशक आर के मेहता रोशनको आग्रहमा केहि प्रतिनिधि पात्रबाट प्राप्त सन्दर्भ सामाग्री मार्फत नाटक तयार भयो । यहि नाटक अहिले पोखरामा मञ्चन भइरहेको छ ।

सन्देशमुलक यो नाटकलाई उत्कृष्ट बनाई दर्शककको ध्यान मञ्च तर्फ खिचिरहन अनिल सुब्बाको जोडदार अभिनय महत्वपुर्ण बनेको छ ।

साइलेन्ट एक्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यो नाटक पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन भइरहेको छ । विषयवस्तुको गम्भिरताका कारण पनि यो नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नेछ ।

हाम्रो समाजमा तेस्रोलिंगीले भोग्नुपरेको समस्यालाई नाटक मार्फत देखाउन खोजिएको छ । साथै उनीहरुप्रति सबैको सकारात्मक सोचाई हुनुपर्ने आवश्यकता छ भन्ने कुरा नाटक मार्फत प्राप्त गर्न सकिन्छ । परिवार, समाजले उनीहरु प्रति हेर्ने दृष्टिकोण कस्तो छ ।

त्यसले उनीहरुलाई कस्तो पिडा भइरहेको छ भन्ने बारेमा नाटक मार्फत उजागर गर्न खोजिएको छ । झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको भोग्नु परेको पिडा अभिनय मार्फत चित्रण गरेका छन् ।

विभिन्न ठाउँमा मञ्चन गरेपश्चात पोखरामा यो नाटक मञ्चन गरिएको हो । नाटक बैशाख १५ गतेसम्म ग्रैहापाटन पोखरामा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।

शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ ।

नाटक हेर्न पुग्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.