www.tandavnews.com
Fact ~ In search of truth

यातायात क्षेत्रलाई सरकारले अंकुश लगाएको आरोप

काठमाडौँ(रासस)

यातायात व्यवसायीले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बोकेको यातायात क्षेत्रलाई सरकारले अंकुश लगाउन खोजेको आरोप लगाएका छन् ।

विभिन्न यातायात व्यवसायी संघले आज पत्रकार सम्मेलन गरी यातायात व्यवसायीसँग विना छलफल यातायात कार्यविधि निर्देशिका ल्याएर यातायात क्षेत्रलाई अंकुश लगाउन खोजेको आरोप लगाए ।

Batas

सम्मेलनमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मुलुकको झण्डै रु १० खर्ब लगानी रहेको व्यवसायलाई तहसनहस पार्ने खेल भएको बताउनुभयो ।

“व्यवसायीले दोहोरो तेहोरो कर तिर्ने गरे पनि कर तिर्देनन् भन्नु, रुट परमिट दिँदा घुस लिन्छन् भन्नु र सिण्डिकेट लादेका छन् भन्नु आफैमा हास्यास्पद कुरा हो,”– उहाँले भन्नुभयो ।

महासंघका महासचिव सरोज सिटौलाले यातायात क्षेत्रलाई अलग बनाएर समाजको सहजता र नियमितता हुन नसक्ने बताउनुभयो । “स्वदेशी पुँजीलाई तहसनहस पारेर ठूला पुँजीपतिको बोलवाला कायम गराउने उद्देश्यले कम्पनीमा दर्ता हुनुपर्ने प्रावधान ल्याइएको हो,”– उहाँले भन्नुभयो ।

महासंघले सरकारको विरोधमा विभिन्न आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।

प्रधानमन्त्री, मन्त्री, प्रदेश मुख्यमन्त्री, प्रदेश मन्त्रीलाई ज्ञापनपत्र बुझाउने, यातायातसँग सम्बन्धित नेतालाई ज्ञापनपत्र बुझाउने, प्रदेशमा कोणसभा, फ्रि क्यू छोड्ने, यातायात कार्यालय घेराउ गर्ने र आफ्ना सवारी साधन ग्यारेजमा थन्काउने सम्मका विरोधका कार्यक्रम रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.