www.tandavnews.com
Fact ~ In search of truth

यमन र सौरभलाई एमाले प्रमुख सचेतक अधिकारीको अभिभावकत्व

पोखरा ।

नेकपा एमाले संसदिय दल प्रमुख सचेतक खगराज अधिकारीले दुई जना बिपन्न बिद्याथीलाई भर्ना गराउँदै उनिहरुकोे अभिभाकत्व ग्रहण गरेका छन् ।

अधिकारीले आफ्नो जन्मथलो बेगनासमा रहेको आनन्द ज्योती माध्यमिक बिद्यालयमा यमन सुनार र सौरभ रानाभाटलाई कक्षा १ मा भर्ना गरेका हुन् ।

Batas

बिद्यार्थीलाई भर्ना गराउँदै अधिकारीले उनिहरुको उच्च शिक्षा सम्मको सम्पूर्ण जिम्मेवारी आफु लिने बताए ।

सो अवसरमा अधिकारीले बिद्यार्थीलाई आवश्यक पर्ने ड्रेस तथा शैक्षिक सामाग्री समेत प्रदान गरेका थिए । “समाजका हरेक व्यक्तिहरु स्वास्थ्य र शैक्षिक योग्यताले परिपुर्ण हुनुपर्दछ” अधिकारीले भने “अब व्यबसायिक शिक्षालाई प्राथमिकता राख्दै हरेक बिद्यालयले तल्लो तहबाट प्राविधिक बिषयहरुलाई पढाउने व्यबस्था गर्नुपर्दछ” ।

अधिकारीले बिद्यालयमा अध्ययन गर्ने अध्ययनशिल बिपन्न बिद्यार्थीहरुको उच्च शिक्षाको व्यबस्था गर्ने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.