www.tandavnews.com
Fact ~ In search of truth

‘जीवनको कलात्मक अभिव्यक्ति नै साहित्य हो’

पोखरा
ताण्डव न्यूज ।

जलजला गाउँपालिका मल्लाज पर्वतका सुमन केसीले पहिलो मुक्तक कृति ‘श्री’ प्रकाशन गरी साहित्यमा प्रवेश गरेका छन् । साहित्य र सञ्चारमा रुची राख्ने केसीसँग कृति र साहित्य सम्बन्धित विषयमा गरिएको कुराकानी :

साहित्यका धेरै विधामध्ये मुक्तक विधा नै किन रोज्नुभयो ?

Batas

आफ्नो हृदयले ठानेको उच्चतम् भावना, विचार प्रिय पाठक सामु जसरी पनी ल्याउनु थियो । त्यसको लागि मैले अरू विधा भन्दा सहज र सबै पेसा, वर्गलाई समेट्ने र थोरै समयमा पनी सबैसामु प्रभावकारी ढंगले विचार प्रस्तुत गर्न सकिने हुनाले यो मेरो पहिलो रोजाई रह्यो। यद्यपी अरु आख्यानात्मक विधा कथा, उपन्याससँगै कविता, गजलपनि निकै बलवान हुन्छन् ।

मुक्तक संग्र्रह ‘श्री’ मा विशेष के छ ?

भन्दा अलि प्रचार झै हुन्छ । तर पनी मैले आफ्नो तर्फबाट शब्द संयोजन र रचनामा निकै मेहनत गरेको छु ।

मजवुत पठनीय बनाउनको लागि र केही नेपाली साहित्य क्षेत्रमा केही शब्दरुपी फूलहरु अर्पण गरेको छु । हेरौ कत्तिको स्वीकार्य हुन्छ त्यो त यो कृति पढेपछी नै पाठकको प्रतिकृयाबाट थाहा पाइन्छ र पनि आफैले पनि पछि कृति प्रति कुनै सुधारको थप महशुस नहोस भनेर निकै सजक भएको छु ।

मुक्तक संग्रहभित्र रेखांकनचित्र पनि कोर्नुभएछ नी ?

हो । १०५ वटा मुक्तकहरु छन् । सबैको ति मुक्तकको भावअनुसार मिल्दो रेखांकनरचित्र पनि समावेश गरिएका छन् । जसलाई नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र नगेन आर्ट ग्यालरीको साथीहरुले आफ्नो कला प्रस्तुत गर्नुभएको छ ।

जसले गर्दा थप सुन्दर कृति बन्न पुगेको छ । सँगसँगै कृति भित्रका श्रृगारिक विषयवस्तु र सामाजिक, समसामयिक र केही प्रेरणात्मक भावलाई समेट्नु पनि मुख्य पक्ष हो ।

अब मुक्तक विधामै कलम चलाउने कि अन्य विधामा पनि सोच राख्नुभएको छ ?

एकै तिर ध्यान दियो भने धेरै नै उपयुक्त हुन्छ जस्तो लाग्छ । तर पनी म आख्यानात्मक कथा र उपन्यास तिर पनी बिशेष रुचि भएकोले आगमि कृति अलि लामो विधा जस्तै : कथा, उपन्यासको तयारीमा छु ।

कसको प्रेरणाले साहित्यमा लाग्नु भएको हो ?

प्रेरणा भनेर ठ्याक्कै कुनै व्यक्ति नै त हुनुहुन्न तर सानो हुँदा पहिले स्कुलको कोर्ष बुकमा समावेश हुने गणित, विज्ञान आदिको किताबको भन्दा कथा, कविताप्रति धेरै मोह, रुचि रह्यो त्यही नै प्रेरणा हो जस्तो लाग्छ ।

तर पनी कृति ‘श्री’ पूर्ण हुनलाई सम्झनुपर्ने केही नाममा दाईहरु देशभक्त सिँह कँुवर, साहित्यकार तथा नाटककार कृष्ण उदासी सर र रेखांकन गरिदिनुहुने नेपाल ललितकला प्रज्ञा नगेनसिंह ठकुरी र अन्य धेरै नै छन् । उहाँहरु प्रति आभारी छु ।

तपाईले साहित्यलाई कसरी परिभाषित गर्नुहुन्छ ?

विशिष्ट शैलीमा व्यक्त गर्ने जीवनको कलात्मक अभिव्यक्ति नै साहित्य मान्छु । जो शब्दद्वारा कुनै पनी विचारभावमा खुवै श्रृंगारिएको हुन्छ ।

अलिकति फरक प्रसंग, प्रेम र जीवन के हो ?

प्रेम र जीवन शब्द नै हाम्रो शब्दकोषको स्वतन्त्र दुई ति शब्दहरु हुन् जसलाई जो कोहीले जसरी परिभाषित गरेपनी उसको जवाफ सत् प्रतिशत सही ठहरिनेछ । यसको बारेमा अरु शब्दहरु जोडियो भने त फेरी अर्को नयाँ कृति नै बन्न वेर लाग्दैन ।

मन पर्ने साहित्यकार ?

धेरै हुनुहुन्छ । लक्ष्मीप्रसाद देवकोटा, विपि कोइराला, आन्तोन चेखभ, प्रेमचंद लगायत धेरै नै हुनुहुन्छ ।

मन पर्ने पुस्तक नि ?

अनगिन्ती किताब मन परेका छन् । नाम लिएर साध्य छैन । बिशेषगरि धेरै पटक पढेकोमा ‘लोलिता, क्लियोपेट्रा र नासो’ हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.