www.tandavnews.com
Fact ~ In search of truth

अनेरास्ववियुले भन्यो ‘मुख्य मन्त्री ज्यू , पेट्रोलियम पदार्थ व्यवसायीले नै लुकाएका छन्’

पोखरा
ताण्डव न्यूज ।

दुई दिनदेखि पोखरा लगायत आसपासका क्षेत्रमा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल पम्पहरुमा विहान देखि बेलुकि सम्मै सवारीको लाइन देखिन थालेका छन् ।

यसै विषयलाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्तत्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले प्रदेश ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई ध्यानाकर्षण गराएको छ ।

Batas

‘अन्तराष्ट्रिय रुपमा पेट्रोलियम पदार्थको मुल्य बृद्धिको फाइदा उठाउन अघिल्लो दर भाउमा खरिद गरिएको पेट्रोलियम पदार्थ लुकाएर व्यवसायीहरुले कालोबजारी गर्न खोजेको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार मुल्य निर्धारण गरिनु स्वीकार्य भएपनि व्यवसायीहरुले पेट्रोलको कथित अभाव देखाएर कालोबजारी गर्न खोज्नु अस्वीकार्य रहेको अनेरास्ववियुले जनाएको छ । संगठनले प्रदेश सरकारको तर्फबाट सम्पुर्ण पेट्रोलियम पदार्थ विक्री केन्द्रहरुमा अनुगमन गर्न समेत अनुरोध गरेको छ ।

अनेरास्ववीयु केन्द्रिय सचिवालय सदस्य नरेश रोकाया, केन्द्रिय सदस्य प्रकाश पौडेल, जिल्ला अध्यक्ष विवेक देवकोटा लगायतले मुख्यमन्त्री गुरुङलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । पत्र बुझ्दै गुरुङले यसबारे तत्काल सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गरेको केन्द्रिय सदस्य पौडेलले जनाए ।

 

ध्यानाकर्षण पत्र

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.