www.tandavnews.com
Fact ~ In search of truth

कास्की प्रहरीको स्वीप अप्रेसन, १७ ट्याक्सी चालक नियन्त्रणमा

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीले १७ वटा ट्याक्सी चालकलाई नियन्त्रणमा लिएको छ ।

कार्यालयले हप्तामा एक दिन गरिने विशेष चेकिङ (स्वीप अप्रेशन) अन्तर्गत पोखरा–लेखनाथ महानगर भित्र सञ्चालनमा आएका ट्याक्सीको चेकजाँज गर्ने क्रममा नियन्त्रणमा लिएकोे हो ।

Batas

ट्याक्सी चालकबाट मिटरमा तोकिएको भाडा दर भन्दा बढी लिई तथा मिटरमा जान नमान्ने जस्ता गतिविधिको आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अशोक सिंहले बताए ।

यात्रुको गुनासोको आधारमा स्विप अप्रेसन गरी नियन्त्रणमा लिएको उनले बताए । ट्याक्सी चालकलाई सवारी तथा यातयात व्यवस्था ऐन २०४९ को परिच्छेद–६ को दफा ९६ बमोजिम कसुरमा ऐनको परिच्छेद–१० को दफा १६० को देहाय २ ख बमोजिक आवश्यक कारवाहीको लागि यातयात व्यवस्था कार्यालय गण्डकीमा पठाइएको छ ।

यसै गरी अबैध लागु औषध कारोबार गुण्डागर्दी, चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरामा संलग्न १ सय ८ जनालाई समेत कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई थप अनुसन्धानको लागि राखिएको सिंहले जानकारी दिए ।

कास्की प्रहरीले अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकतामा राखि यस्ता गतिविधिलाई नियन्त्रण गर्न हप्तामा १ दिने गरिने बिशेष चेकिङ ( स्वीप अप्रेशन) सुरु गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.