www.tandavnews.com
Fact ~ In search of truth

श्री बिहानी सहकारीको एटिएम शुभारम्भ

पोखरा
ताण्डव न्यूज ।

श्री बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको आर्थिक भुक्तानीलाई सहजीकरण बनाउने उद्देश्यले एटिएम सेवा सुरु गरेको छ ।

विहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच प्रदेश नम्बर ४, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री लेखबहादुर थापाले सेवाको शुभारम्भ गरेका हुन् ।

Batas

प्रदेशलाई सबै दृष्टिकोणबाट पृथक बनाउने लक्ष्य लिईरहँदा श्री बिहानी सहकारीको आर्थिक भुक्तानी सहजीकरण गर्ने सेवाले सहकारी क्षेत्रमा नयाँ आयाम थपिएको मन्त्री थापाले बताए ।

इन्फो डेभलपर्स प्रालिको सहयोगमा नेपालमा एटिएम सेवा प्रदायक एससिटी नेटवर्कसँगको सहकार्यमा एटिएम संचालनमा ल्याईएको श्री बिहानी सहकारी संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

६ हजार भन्दा बढी शेयर सदस्य भएको श्री बिहानी सहकारीले पोखराको हेम्जा, तालचोक, विरौटा र मुख्य कार्यालय सभागृह गरी चार स्थानबाट आफ्ना शेयर सदस्यलाई सेवा दिँदै आएको छ ।

सहकारी क्षेत्र आर्थिक विकासको अभिन्न अंग भईरहँदा नीजि क्षेत्रसँगको तुलनात्मक सूचना प्रविधिमा पनि श्री बिहानीले सुरुवात गरेको एटिएम सेवा अन्य सहकारी संस्थाले पनि प्रयोगमा ल्याउनु पर्ने खाँचो रहेको अध्यक्ष शर्माले बताए ।

इन्फो डेभलपर्स प्रालिले सहकारी संस्थाको वित्तिय प्रणालीलाई सरल र चुस्त दुरुस्त बनाउन विगत लामो सयम देखि विभिन्न सफ्टवयर मार्फत काम गर्दै आएको छ ।

प्रालिले एससिटि नेटवर्कसँगको सहकार्यमा ल्याईको विद्युतिय भुक्तानी प्रणालीले सहकारी सेवालाई थप सुदृढीकरण बनाउने काम गरेको प्रालिका पोखरा प्रमुख सुवास आचार्यले बताए ।

श्री बिहानी सहकारी संस्थाबाट एटिएम सेवा लिने उपभोक्ताले एससिटी नेटवर्कका देशभरका एक हजार भन्दा बढी बुथ र तीन हजार भन्दा बढी पिओएस सर्भिसबाट लाभान्वित हुनेछन् ।

अनलाईन बिल भुक्तानीको लागि पनि कम्पनीले सेवा उपलब्ध गराएको छ । जसमार्फत सेवाग्राहीले विद्युत विल, टेलिफोन विल, मोबाइल रिचार्ज, हवाई टिकट, विविध सेवाहरु प्राप्त गर्ने कम्पनीका प्रबन्ध दीपेस मास्केले जानकारी गराए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ प्रदेश नम्बर ४ संयोजक भीम गुरुङ, को अपरेटिभ म्यानेजर क्लवका संयोजक मिलन ढकाल, कोप्स् सेन्टरका अध्यक्ष डिल्लीराम बराल लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.