www.tandavnews.com
Fact ~ In search of truth

मालिन्दो एयरको विमान दुर्घटनाबाट जोगियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौँ(रासस)

काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

राति पौने १० बजे मलेशियातर्फ उड्न लाग्दा धावनमार्गबाट जहाज चिप्लिएर करीब १३९ फिट पर पुगेर घाँसे मैदानमा भासिएको थियो । जहाजमा १३९ यात्रु रहेको विमानस्थल स्रोतले जनाएको छ ।

Batas

जहाजले धानवमार्ग छोडे पनि यात्रु तथा चालक दलका सबै सदस्य सकुशल रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो ।

उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज अन्यत्रै पठाइएको गरिएको थियो भने काठमाडौँबाट उड्नुपर्ने सातवटा उडान पनि प्रभावित भएको थियो ।

अहिले विमानस्थल बन्द छ । रनवेबाट उक्त विमान हटाएपछि मात्र उडान शुरु हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.