www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महोत्सवबाट बचतमध्येको १० लाख रुपैयाँ चिडियाखाना निर्माणमा सहयोग

पोखरा,

आठौं पोखरा महोत्सवमा ३८ लाख ६९ हजार ७ सय ४९ रुपैया बचत भएको छ । गत पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा युनाइटेड क्लवद्धारा सञ्चालित आठौ पोखरा महोत्सवबाट ३८ लाख ६९ हजार ७ सय ४९ रुपैयाँ वचत भएको आठौ वार्षिकोत्सवमा जानकारी दिइयो ।

वार्षिकोत्सव समारोहमा क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले आठौ संस्करणको पोखरा महोत्सवमा कुल आम्दानी नगद १ करोड २४ लाख ८ हजार ७ सय ५० रुपैयाँ र खर्च ९५ लाख ३९ हजार बाट वचत ३८ लाख ६९ हजार ७ सय ४९ रुपैयाँ भएको जानकारी दिए । वार्षिकोत्सवको अवसरमा क्लवले पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणधिन चिडियाखाना निर्माणका लागी १० लाख रुपैयाँ प्रदान गरेको छ ।

Batas

समारोहमा प्रदेश नम्बर ४ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकाश लम्सालले पोखरा अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेललाई १० लाखको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै मन्त्री लम्सालले पोखरा लेखनाथको पचभैया क्षेत्रमा निर्माण हुने अन्तर्राष्ट्रिय स्तरको चिडियाखानाका लागी प्रदेश सरकारले चालु आर्थिक वर्ष भित्रमा १ करोड रकम बिनियोजन गर्ने वताए ।

पोखरामा अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बिन्दु भएकाले चिडियाखाना प्रदेश नम्बर ४ को मात्र नभइ नेपालकै गहना हुने वताउदै चालु आर्थिक वर्षको असार मसान्त सम्ममा १ करोड रुपैयाँ विनियोजन गरि यो वर्ष भित्र पचभैया क्षेत्रमा रहेको वन्यजन्तु उद्यान क्षेत्रमा रहेको वन्यजन्तुहरुलाई खुल्ला रुपमा छोड्ने वातावरण बनाउनका लागी आफ्नो मन्त्रालयले लागेर काम गर्ने समेत वताए ।

युनाइटेड क्लवका संस्थापक अध्यक्ष तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय चिडियाखाना निर्माण समितीका अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लवको सपना लाई पछिल्लो समय सरकारले नजिकबाट हेर्न थालेको वताउदै प्रदेश नम्बर चार मात्र नभइ नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य निर्माणमा आफू लागी पर्ने वताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.