दाङ(रासस)
घरको छतबाट खसेर तुलसीपुरका एक व्यवसायीको आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ स्थित कपडा व्यवसायी वीरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पसल बन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा आइतबार घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारिक स्रोतले बताएको छ ।
तेस्रो तलाबाट सडकमा खसेपछि गम्भीर घाइते वलीको तुलसीपुरको अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।
वलीको उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.