काठमाडौँ(रासस)
नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधान विपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले १२औँ महाधिवेशन आउन चार महिना बाँकी रहँदा पनि नेतृत्व विधानलाई कुल्चेर महाधिवेशन गर्न आलटाल गरेकाले सभापतिको ध्यानाकर्षण गरिएको बताए। नेविसंघ नेतृत्वले विद्यार्थी हकका लागिभन्दा पनि गुट बचाउन लागेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।
केन्द्रीय सदस्य सुशील भट्टले कम्युनिष्टहरुको भय र त्रासका विरुद्ध संगठित हुँदै लोकतन्त्रको रक्षाका लागि नेविसंघ लाग्नुपर्नेमा नलागेको अरोप लगाए ।
भेटमा सभापति देउवाले नेविसंघभित्रको समस्याका बारेमा आफू जानकार रहको बताउँदै नेविसंघको नेतृत्वसँग समन्वय गरेर विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.