www.tandavnews.com
Fact ~ In search of truth

सराङ्कोटका घुम्तिमा कन्भेक्स मिरर र ट्राफिक बोर्ड

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगर र ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा वडा नं १८ सराङ्कोटमा आज कन्भेक्स मिरर राख्ने कार्य भइरहेको छ । सराङ्कोट जाने बाटोमा रहेका घुम्तिहरुका कारण हुने गरेको दुर्घटना न्यूनिकरणकालागि कन्भेक्स मिरर राखिएको हो ।

साथै, विभिन्न स्थानमा ट्राफिक सचेतना चिन्ह समेत राखिदैं छ ।

Batas

घुम्तिहरुमा भैरहेको दुर्घटना न्यूनीकरण गर्नको लागि मिरर उपयुक्त हुने ट्राफिक प्रहरी कार्यालयका प्रमुख एन कुमार मल्ल ले बताए ।

पोखरा १८को ५ ठाउँमा कन्भेक्स मिरर र आवश्यक परेका स्थानमा ट्राफिक चिन्हका बोर्डहरु राखिने महानगर प्रमुखकाका स्वकिय सचिव लक्ष्मण तिमिल्सेनाले बताए ।

ट्राफिक ब्यवस्थापनको लागि महानगरले यसअघि ट्राफिक कोन ब्यवस्थापन गरेर लेन अनुशासन कायम गराउन पहल गरेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.