www.tandavnews.com
Fact ~ In search of truth

कास्कीः स्टोभ चुलो पड्कदा महिला घाइते

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ५, पस्र्याङमा खाना पकाउने क्रममा स्टोप चुलो पड्किदा एक महिला घाइते भएकी छन् ।

धादिङ काफलपामी गाउँपालिका वडा नं. ३ घर भई हाल पस्र्याङ बस्ने सन्दिप गुरुङकी श्रीमती वर्ष १९ की सविता गुरुङ घाइते भएकी हुन् ।

Batas

वैशाख १० गते भान्सामा खाना पकाउने क्रममा स्टोप पड्किएर कपडामा आगो सल्किदा सविताको घाँटी, चिउँडो, छाति र दुवै हात जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेको उपचार पश्चिमाञ्चल क्षेत्रिय अस्पताल गण्डकीमा भईरहेको प्रहरी स्रोतले जनाएकाे छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.