www.tandavnews.com
Fact ~ In search of truth

आज…

आज….. आज भन्दा सुन्दर शब्द सायदै नहोला ।

सिद्धार्थ पौडेल

धेरै पछी आज उस्को म्यासेज आयो, फेसबुकमा (जुन कुरा उस्ले सबै भन्दा कम र मैले सबै भन्दा बढी चलाऊने गर्थे) । अनी उस्ले आज मेरो हालखबर सोध्न भन्दा पहिला अरु नै कुरा सोधेकी थिई ।

Batas

‘एकछिन है म काम गर्दै छु’ उनको प्रश्नको जवाफ दिइनँ मैले । कारण के भनुँ, भनुँ भयो । बिजी भने थिइनँ ।

‘हस्’ उसले मिठो शब्दमा जवाफ फर्काइ । शब्दको मिठास मैले महशुस गरें ।

कति बेला म्यासेसको रिप्लाई गर्ला र म पनि रिप्लाई गरुँला भनेर सोच्दी हो । म भने बिजी भएको निहुँ पारेर त्यो म्यासेज को रिप्लाई के दिने भनेर साेंच्दै थिए ।

म्यासेन्जरमा ३ ४ पटक त म्यासेज टाईप गरेर डिलिट पनि गरें । दिमागमा भने रिप्लाई के लेख्ने भन्दा पनि आज उस्ले कता बाट म्यासेज गरी भनेर तरंग चलिरा’को थियो ।

म उस्को म्यासेजको यती धेरै भोगी भएको रहेछु । म्यासेज देख्ने बित्तिकै शरीरमा फरक भाइब्रेसन आउन थाल्यो ।  हातले पनि काम गर्न छोडे जस्तो, मन एकोहोरिए जस्तो ।

खै कस्तो, कस्तो ।

टाईप गर्न पनि नसक्ने भए ।

म अझै सोच्दै थिएँ, आज किन म्यासेज गरि उस्ले ?

पहिला ‘हाइ’ भनेको ५ मिनेट पछी मात्र ‘हेल्लो’ भनेर रिप्लाई गर्ने मान्छेले आज आफंै यस्तो म्यासेज पठाउली भनेर मैले सोचेको पनि थिएन ।
फेरी सम्झन थाले त्यो बेलाका कुराहरु । जती बेला उ अनलाइन आउली र कुरा गरम्ला भनेर रात दिन नभनी म कुरेर बस्थे ।

उस्को एउटा हाइले मलाई भुतुक्कै बनाउँथ्यो । यस्तो लाग्थ्यो, ‘बल्ल बल्ल अनलाईन आउँदा त म सँग मात्र कुरा गरेनी हुने नि ।’
तर उ कहाँ मेरो लागि मात्र आउथी होला र ।

तैपनी मलाई जसरी उस्लाई, मेरो म्यासेज को नसा जो थिएन ।

फेरी सम्झिए उस्लाई ।

पहिलो पटक भेटेको दिन, गरेको चिनजान, उस्ले लगाएको पर्पल कलर को कुर्था अनी ओठ मा लगाएको मन्द मन्द कलेजी कलरको लिपिस्टिक । अनी उस्को ….

साँच्चिकै उ साह्रै राम्री थिई । कम्तिमा मेरो लागि । भयो यो बारेमा सोच्ने समय छैन अहिले ।

उस्ले म्यासेज पठाएको पनि १० मिनेट भइसकेछ, यती धेरै त उस्ले मलाई त्यो बेला पनि कुराउँथि । जती बेला म उस्लाई हुरुक्कै गर्थे र उस्ले मलाई सामान्य चिने जस्तो ।

सायद उस्लाई त्यो कुराहरु याद भयो होला, कसैलाई पर्खदाको पीडा कति हुन्छ भनेर ।

आश नै मरेपछी मन पनि बिस्तारै मर्दै जान्छ भन्छन् । मेरो पनि मरी सकेको मन आज उस्को एउटा म्यासेज ले खै किन ब्युँत्याइदियो ।

‘Q’ बाट अरु कसैको नाम थाहा पाउँदा, त्यस्तै कपडा त्यहीँ स्टायलमा लगाउँदा र उनको जस्तै मधुर आवाज सुन्दा बाहेक अरु बेला उस्लाई बिर्सी सकेको थिए ।

कता कता सुनेथें । यदी कसैले तिम्रो नाम नभनी अर्कै नाम राखेर बोलाउँछ भने, त्यहीँ नै माया को संकेत हो । त्यसैमा माया मिसिएको हुन्छ । उस्ले पनि मलाई त्यस्तै नाम त दिएकी थिई ।

त्यसमा केही माया मिसिएको थियो होला । तर मन मिसिएको थिएन । मन नमिसिएको खल्लो माया । लाइक, टि विथ आउट सुगर ।
कहिले काहीँ त उस्को हाँसो फेक लाग्थ्यो ।

जस्तो प्लेन चढ्ने बेलामा एअर होस्टेजले गर्छन् । अगाडि मुसुक्क हाँस्यो अनी यस्सो ओझेंल पर्ने बित्तिकै ढुसुक्क । फेरी अर्को मान्छेलाई पनि त्यस्तै । पुरै बनावटी एण्ड नट प्राइभेट ।

भयो, उस्को फेक हाँसो र माया को कुरा नगरौं आज । एट लिस्ट आज ।

उस्ले म्यासेज पठाएको दिन । म फेरी उस्को बारेमा फेक कुरा गर्नै पो कहाँ सँकुला र ?

म्यासेन्जर फेरी खोलियो । उस्को नाम को अर्को कुनामा हरियो थोप्लो अझैं थियो । सिधैँ उस्को इनबक्समा गएँ । टाईप गर्न थालें ।

मेरो हात चले पनि टाईप भने मन बाट भईराखेको थियो ।

सायद यही कुरा हात ले मात्र लेखेको भए धेरै टाईप मिस्टेक हुन्थ्यो होला । तर यसपाली मनले जो लेख्न लगाएको थियो । अन्त कतै नहेरी म्यासेज बक्स छेउको निलो बटन् थिचेर हतपत सेन्ड गरेँ । फेरी उस्को नाम सँगै भएको हरियो थोप्लो हेरें ।

खै कता हराएछ त्यो अनलाइन भनेर जनाइदिने हरियो थोप्लो ।

अलिकति नजर घुमाएँ । टाउको अलिकति, आँखा अलिकति घुमाएर फिस्स हाँसे ।

कारण, म्यासेन्जरको नाम को तल लेखिएको थियो 17 days ago…

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.