
पोखरा
ताण्डव न्यूज ।
पोखराका पुराना लोकप्रिय लोकदोहोेरी गायक वसन्त थकालीको एकल साँझ हुने भएको छ । वसन्त रुविना फाउन्डेशनको आयोजनामा पहिलोपटक एकल साँझमा थकाली झुल्किने भएका छन् ।
बैशाख १५ गते शनिवार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा थकालीको एकल साँझ हुने समितिका प्रचारप्रसार संयोजक टंकराज अधिकारीले बताए ।

‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ भन्ने गीतबाट आफ्नो सांगीतिक यात्रामा आफूलाई अगाडि बढाएका थकालीले उक्त एकल साँझमा आफ्ना करिब एक दर्जन गीत सुनाउने वसन्त रुविना फाउन्डेशनका अध्यक्ष कृष्ण सुवेदीले बताए ।
एकल साँझमा थकालीको पहिलो गीत ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छर’ गीतसँगै सुनौली भन्सार, झल्को उही दिनको, कमल फूल फूल्यो हिलैमा, मलाई मेरो तलबले मलाई पुगेन, पहिले माया लाइएन अहिले खोज्दा पाइएन, गाउँघरको झिल्के म त, जोमसोम माथिको ठिनीको गाउँ, अँधेरीमा जुन तारा, बाँचुन्जेल जे छ हजुर’ लगायतका विभिन्न लोक तथा दोहोरी, रोइला तथा झ्याउरे गीत प्रस्तुत गरिने सुवेदीले जानकारी दिए ।
कार्यक्रमबाट संकलित रकमले फाउण्डेशन मार्फत संगीत एकेडेमी सञ्चालन गरी यस क्षेत्रमा रुचि भएर पनि आर्थिक अभावका कारण अवसरबाट वञ्चित असहाय बालबालिकालाई सहयोग लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
पोखराको चर्चित साहारा क्लबका संस्थापक अध्यक्ष रहेका थकाली खेल विधाका साथै विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.