रुकुम(रासस)
जिल्लाको सानीभेरी गाउँपालिकामा विवाह भइरहेको अवस्थामा दुलाहा दुलहीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका वडा नं वडा नं ७ स्थित जैधुनेमा बाल विवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह गर्न लागेको सूचनाका आधारमा प्रहरीले दुलाहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो । केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो ।

सानीभेरी गाउँपालिका वडा नं १० अर्माका १८ वर्षीय बालक र सानीभेरी वडा नं ७ जैधुनेकी १७ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा प्रहरीले पक्राउ गरेको सिम्ली प्रहरी चौकीका प्रमुख गगनसिंह ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार केटीका अभिभावक शिक्षक हुनुहुन्छ । शिक्षित परिवारबाटै यसरी बालविवाह हुनु दुखद भएको उहाँको भनाइ छ ।
माइती घरमा विवाह अन्तिम चरणमा पुग्दै गर्दा प्रहरी त्यहाँ पुगेको थियो ।
प्रहरीले दुलाहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । विवाह रोकी केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।
अशिक्षितभन्दा शिक्षित परिवारबाटै बालविवाह हुने गरेको प्रहरीको भनाइ छ ।
सरकारले केटाकेटी दुवै २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाह भनेको छ । बालविवाह भएका प्रकृति हेरी छ महिना वा एक वर्षसम्म कैद हुन सक्ने कानूनी व्यवस्था छ ।
–––
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.