www.tandavnews.com
Fact ~ In search of truth

कुची समूहको पहिचान

पोखरा
ताण्डव न्यूज ।

एउटी बालिका कानमा फुल सिउरिँदैछ । परम्परागत पोशाकमा प्रफुल्लित ति बालिका केही देखेर हाँसिरहे जस्तो लाग्छ । अर्को ठाउँमा एक वृद्धा हातमा दियो लिइरहेका छन् । कतै चढाउन लागे जस्तो ।
कोही परम्परागत रक्सी पारिरहेका छन्, त कोही माछा मारिरहेका छन् । कहीँ युवा– युवती मादल बजाउँदै नाच्दैछन् ।

पोखरा आर्ट ग्यालरीको हलमा घाचोकको गाउँमा महिला डोकोभरी घाँस बोकेर अघि बढिरहेकी छिन्, गाउँको अगाडी माछापुच्छे हिमाल उभिएको छ । अर्कोतर्फ, कास्कीकै खोरामुखमा धुले सडकमा हिँडिरहेमा मान्छे देखिन्छन् ।

Batas

ग्यालरीमा आज शनिरबारदेखि शुरु भएको चित्रकला प्रदर्शनीमा राखिएका चित्रहरु हुन् यी । पोखरेली युवा चित्रकारहरुको समुह ‘कुची कलाकार समूह’ले पहिलो पटक ‘पहिचान’ शीर्षकमा आयोजना गरेको यो प्रदर्शनीमा ५५ वटा चित्र राखिएका छन् ।

विगत १ बर्षदेखि सक्रिय यो समूहले विभिन्न स्थानमा पुगेर संचालन गरेको कला कार्यशालामा बनाइदिएका चित्रहरुबाट छनौटमा परेका चित्रहरु प्रदर्शनी गरेको हो । कुची समूहले एक बर्षको अन्तरालमा २५ बढी स्थानमा पुगेर कला कार्यशाला संचालन गरेका थिए ।

चित्रकला प्रदर्शनीको अवलोकन पश्चात बरिष्ठ चित्रकार दुर्गा बराल वात्स्यायानले नयाँ पुस्ताका चित्रकारहरुले आफु आशावादी भएको बताए । ‘पहिलो भन्दा निकै राम्रा चित्र बनाएका छन्, उनले भने, जति बनाउँदै गयो, उति खारिने त हो ।’

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठले युवा पुस्ताका चित्रकारहरुले अझै मेहनत गर्न आग्रह गरे । उनले अहिलेको पुस्ताले नेपाली चित्रकलालाई अझै माथी उठाउने बताए । उनले एक आपसमा स्वच्छ प्रतिश्पर्धाको भावना राखेर चित्र बनाउन समेत आग्रह गरे ।

चित्रकला प्रदर्शनीका लागि समुहका सबै सदस्यबाट ५/५ हजार रुपैयाँ उठाएका कुची कलाकार समुहका संयोजक मनोज तामाङले बताए । प्रदर्शनीमा कलाकार क्षेत्रलाल कायस्थ, किरण रञ्जित, पोखरा १३ का वडा अध्यक्ष दर्शन लामा लगायतले मानिसको जीवन पद्धती क्यानभासमा उतारेको बताए ।

प्रदर्शनीमा मनोज तामाङ, थमनसिँह सुनार, गोपाल दराइ, आकाश गुरुङ, दीपेन्द्र गुरुङ, निशान थापा, सुमन गुरुङ, युवराज लामिछाने, एलिटा गुरुङ र प्रमिश गुरुङका चित्रहरु राखिएका छन् । प्रदर्शनीमा राखिएका चित्रहरुको मुल्य ५ हजारदेखि २५ हजार रुपैयाँसम्म छ ।

याे पनि पढ्नुहाेस् ।

वाटर कलरमा जीवन्तता खोज्दै तन्नेरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.