पोखरा
ताण्डव न्यूज ।
कास्की प्रहरीले शनिबार मात्रै जिल्लाका विभिन्न स्थानबाट ९ केजी गाँजा सहित लागूऔषधमा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको विशेष चेकिङ (स्वीप अप्रेशन) अन्तर्गत लागू औषधको कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहले जनाए ।

पक्राउ पर्नेहरुबाट सवारी साधनका साथै नगद ११ हजार ५० रुपैयाँ बरामद गरेको छ ।
घटना १
पोखरा ३०, पावरहाउस
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको टोलिले पावरहाउसमा चेकिङका क्रममा धादिङ निलकण्ठ नगरपालिका–६, घर भई हाल पोखरा–९, बस्ने वर्ष २६ का भानुभक्त राना । त्यस्तै धादिङ घर भई गल्छि गाउँपालिका–१, घर भई हाल पोखरा–९, बस्ने वर्ष २२ का विक्रम लामिछाने मगर । पोखरा–४, बस्ने वर्ष २६ का क्षितिज बाटाजु, पोखरा–६, बस्ने विकल सुनार पक्राउ परेका हुन् । उनीहरुबाट प्रहरीले २.४५ केजी गाँजा र दुई थान स्कुटर (ग१०प २७५९ र ग४प ३६१४) बरामद गरेको छ ।
घटना २
पोखरा ५, प्रस्र्याङचोक चिल्ड्रेन पार्क
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलिले विशेष अप्रेशनका क्रममा सो स्थानबाट चितवन भरतपुर महानगरपालिका–४, घर भई हाल पोखरा–५, बस्ने वर्ष १९ की सजिना नेपाली, तनहुँ व्यास नगरपालिका–१, भादगाउँ बस्ने वर्ष १६ का सुनिल नेपाली । पोखरा–९, शान्तिवन बस्ने वर्ष १६ का राजकुमार भुजेल पक्राउ परेका छन् । जसबाट प्रहरीले ५.९ केजी गाँजा र नगद ४ हजार २ सय रुपैयाँ बरामद गरेको छ ।
घटना ३
पोखरा–१७, विरौटाचोक
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले पोखरा–१७, विरौटाचोकबाट तनहुँ भिमाद नगरपालिका–९, बस्ने वर्ष १६ का प्रकाश थापालाई पक्राउ गरेको छ । जसबाट ६५० ग्राम गाँजा सहित नगद ६ हजार ८ सय ५० रुपैयाँ बरामद गरेको हो ।
‘लागू औषध विरुद्धको महाअभियान २०७४’ कार्यक्रम अनुसार कास्की प्रहरीले लागू औषध नियन्त्रण गर्न प्रहरी टोलिलाई जिल्लाका विभिन्न स्थानहरुमा सशक्त रुपमा परिचालन गरिरहेको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.