www.tandavnews.com
Fact ~ In search of truth

नेहा हत्या काण्डको फैसला, सतीश दोषी ठहर

अर्जुन गिरी
ताण्डव न्यूज ।

करिब ३ बर्ष पछि नायिका योरुना पुन नेहा हत्या काण्डको मुद्दा पार लागेको छ ।

हत्यामा संलग्न सतीश भन्ने किर्तन खड्गीलाई जिल्ला अदालत कास्कीले आइतबार सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको स्रेस्तेदार जगन्नाथ पौडेलले ताण्डव न्यूजलाई जानकारी दिए ।

Batas

खड्गीलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र बलात्कारमा ५ बर्ष कैदको फैसला सुनाएको पौडेलले जानकारी दिए ।

जिल्ला न्यायधीश रमानाथ पौड्यालको इजलासले सतिशलाई कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैद र बलात्कारमा ५ बर्ष कैदको फैसला सुनाएका हो । जस अनुसार सतिशले २५ बर्ष जेल जीवन बिताउनु पर्ने हुन्छ ।

सतीशको पक्षबाट अधिवक्ता दुर्गेशराज पन्त र माधवी पाण्डेले बहस गरेका थिए भने जाहेरवालको तर्फबाट जिल्ला सहायक न्यायधिवक्ता नवराज रेग्मी र अधिवक्ता सुरेन्द्र थापा मगरले बहस गरेका हुन् ।

घटना क्रम

न्युरोडका सतीश र नयाँगाउँ घर भई न्युरोड स्माइल क्याफेमा कार्यरत नेहा मिल्ने साथी थिए । उनीहरुलाई धर्म दाईबहिनीको रुपमा धेरैले चिन्थें ।

माघ १८ गते राति नेहा, सतीश र अन्य साथीहरु न्युरोडको ओपन टेबल रेष्टुरेण्टमा मादक पदार्थ सेवन गरेर ८ बजेतिर सबै त्यहाँबाट निस्किए । सतीशको मोटरसाइकमा घर जान नेहा बसिन ।

बाइकमा नयाँगाँउ नेहाको घर नजिकै पुगे । घर भन्दा नजिकै पुगेपछि सतीशले बाइक रोके । पछाडि फर्किदै नेहालाई लेकसाइक गएर रात बिताउने प्रस्ताव राखे । नेहा रिसाउँदै हुँदैन भन्दै अपशब्द बोलिन् । त्यसपछि रक्सिले मातिएका सतीशले बाइकबाट ओर्लिएर हेल्मेटले हाने ।

नेहा ठाँउको ठाँउमै ढलिन् । त्यही मौका पारेर सतीशले यौन सम्पर्क राख्न खोजे ।

नेहाको लुगा के फुकाल्न लागेका थिए सतीश झस्किए । नेहा रगत्याम भएको देखेपछि सतीशले त्यही छाडेर आफ्नो घर तर्फ लागे ।

रात त्यतिकै बित्यो । भोलीपल्ट माघ १९ गते नयाँगाँउमा हल्ला खल्ला मच्चियो ।

नयाँगाउँ, पोखरा, पश्चिमाञ्चल नेपाल हुँदै विदेशसम्म मगर फिल्मकी नायिका नेहाको हत्या भएको खबर सन्सनी बन्यो ।

कास्की प्रहरीले त्यही दिन सतीशसहित आधा दर्जन बढिलाई सोधपुछको लागि नियन्त्रणमा लियो ।

ती मध्ये केहीलाई ३–४ दिन राखेर छाडिदिए । तर सतीश भने हिरासतमै थिए ।

पाँच दिनको हिरासतमा राखेपछि प्रहरीले माग २५ गते सतीशलेनै नेहाको हत्या गरेको आरोप लगाउँदै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो ।

याे पनि पढ्नुहाेस्

अदालतमा अल्झिएका वादल र नेहा हत्या काण्ड (घटना क्रम सहित)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.