www.tandavnews.com
Fact ~ In search of truth

‘ए बुढा हेर्नु त छोरा आयो’

पोखरा,
ताण्डव न्यूज

धेरै चहलपहल हुने ठाउँ पनि होइन् । त्यसै पनि मध्यान्नको समय । त्यही पनि मानिसको भीड सडकमा थियो नै । खैरो कलरको ट्याक्सी हुइकिएर आउँदा सबैको नजर उतै तानिएको थियो । ठूलो घरको उस्तै गेटबाट ट्याक्सी भित्र छिर्यो ।

वरपरका स्थानीयहरु घरको छतबाट ट्याक्सीलाई नियालिरहेका थिए । ट्याक्सी घरभित्र छिर्न बित्तिकै वरण्डाबाट एक महिलाको स्वर सुनियो । ‘ए बुढा हेर्नु त छोरा आयो ।’ वरपरकाले सोंचे छोरा आउँदा निकै चमकदमक पारिएकाे रहेछ । हेर्दा दृश्य नर्मल लागेपनि स्थानियले विशेष रुपमा हेरिरहेका थिए ।

Batas

महिला छोरा आएको खुसीमा आफ्नो श्रीमानलाई बोलाएर देखाउँदै थिइन् । श्रीमान घरको वरण्डामा आए, केही भन्दै एकैछिन हेरे, अनि फर्किए । घरको गेटको कुनाबाट चर्को आवाज सुनियो, ‘कट’ ।

वरपरबाट हेर्निलाई बल्ल छर्लङ्ग भयो, सुटिङ पो भएको रहेछ । फिल्म ‘१०० कडा १०’ को सोमबार दिउँसो पोखराको सिमलचौरमा भएको दृश्यको थियो त्यो । जसमा रश्मी भट्ट र राजाराम पौडेल श्रीमान श्रीमतीको भूमिकामा सर्ट दिँदै थिए ।

उनीहरुको छोरा बनेर ट्याक्सीमा आएका थिए नायक अमृत ढुंगाना । दृश्यमा उनले बिहे गरेर नायिका करुणा श्रेष्ठलाई घर भित्राउन लागेका थिए ।

कलाकार राजाराम पौडेलले नायकको बुबा बनेको खुलाउँदै छोराले बुहारी भित्राउने क्रमको दृश्य रहेको बताए । फिल्मका निर्देशक रामशरण पाठकले हिरो अमितले गलफ्रेण्डसँग बुवाको इच्छा नहुँदानहुँदै बिहे गरेर घर भित्राउन लागेको दृश्य रहेको खुलाए । उनले यसपछि फिल्ममा निकै टुइस रहेको बताए ।

काठमाडौं पछि पोखरामा सुटिङ गरिएको फिल्म अपरमुस्ताङसम्म पुग्ने उनले बताए । फिल्ममा कमेडियन मनोज गजुरेलले डेब्यू गरेका छन् ।

दर्शन क्रियसन व्यानरमा निर्माण भएको फिल्मको मुख्य थिम करप्सन भर्सेस लभ रहेको पब्लिसिटी डाइरेक्टर सुदीप पौडेलले जानकारी दिए । फिल्ममा रन्जु प्रधान र उत्तम खत्रीको लगानी रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.