www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल हेर्नुहोस्

मेष
अप्ठ्यारो परिस्थितिमा गरिएको प्रयत्नले फाइदा दिलाउनेछ । शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । इष्र्या गर्नेहरू परास्त हुनेछन् । मिहिनेत गर्दा रोकिएका काम बन्नेछन् भने नयाँ कामसमेत प्रारम्भ गर्न सकिनेछ । सप्ताहान्तमा पारिवारिक भेटघाटमा मन रमाउनेछ । तर, विवादास्पद जिम्मेवारी बहन गर्दा विवाद देखा पर्ने छ ।
अंक/रंग: १०/११, रातो र निलो

वृष
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि आर्थिक क्रियाकलापमा फाइदा हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ । जुझारु कार्यशैलीले लक्ष्यमा पु¥याउनेछ । प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । बुधवार र बिहीबार भने पारिवारिक असमझदारीले बाधा उत्पन्न गराउन सक्छ । आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला, सप्ताहान्तमा फाइदा हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
अंक/रंग: ११ / १२, सेतो र हरियो

मिथुन
आत्मसम्मानका लागि केही त्याग गर्नुपरे पनि इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्ति हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर जुट्नेछ । सुखद् समाचारले काममा उत्साह जगाउनेछ ।साताभरि भौतिक साधन जुट्नेछन् भने सहयोगीहरूले पनि साथ दिनेछन् । बुधवार र बिहीबार नयाँ काम प्रारम्भ गर्ने योग छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । सप्ताहान्तमा साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । गोपनीयतामा विशेष ध्यान दिनुहोला ।
अंक/रंग:१२/१, आकासे निलो र हरियो

Batas

कर्कट
सुरुमा खर्च लागे पनि टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ । तर बुधवार र बिहीबार भने बोली व्यवहारमा केही सजग रहनुपर्ला । अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ । तापनि प्रत्यत्न गर्दा मित्रहरूको सहयोगले हौसला प्रदान गर्नेछ । पहिलेको उपलब्धीले उत्साह जगाउनेछ । अन्य सहयोगीहरूले पनि साथ दिनेछन् ।
अंक/रंग: १/२, सेतो र पहेंलो

सिंह
रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत प्राप्त हुनेछन् । मिहिनेत गर्दा नाम र दाम हातपार्न सकिनेछ । खर्च लागे पनि पछिका लागि फाइदा हुने काम गर्ने समय छ । साथीभाइको सम्बन्धले यात्राको मौका जुट्नेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ । अवसर आए पनि अध्ययनमा समय दिन नसकिएला । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
अंक/रंग: २/३, रातो प्याजी

कन्या
प्रारम्भमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि पछि लाभ हुने काम गर्न सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । व्यापार तथा नोकरीमा मनग्गे लाभ हुनेछ ।सरसापटमा धन बाहिरिने सम्भावना देखिए पनि पछिका लागि लगानी गर्ने मौका जुट्नेछ । बुधवार र बिहीबार खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ । सप्ताहान्तमा भोजभतेरको निम्तो आए पनि स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला ।
अंक/रंग: ३/४, निलो हरियो

तुला
प्रारम्भमा सामाजिक क्षेत्रबाट हौसला प्राप्त हुनेछ । प्रतिष्ठित काम हातपार्न सफल भइनेछ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि सप्ताह लाभदायक रहनेछ । लगनशीलताले दाम र प्रतिष्ठा दिलाउनेछ । अध्ययनमा सकारात्मक नतिजा प्राप्त हुनेछ । व्यवसायमा पनि राम्रो आम्दानी हुने देखिन्छ। कामको समेत राम्रै मूल्यांकन हुनेछ तापनि बुधवारपछि आम्दानी बाहिरिनाले समस्या आउला । सप्ताहान्तमा भने फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ ।
अंक/रंग: ४/५ ,सेतो र पहेंलो

वृश्चिक
चुनौतीसँग लड्नुपर्दा प्रारम्भमा दुस्ख पाइनेछ । अस्वस्थताका बीच कार्यव्यस्तता बढ्नेछ । सोमवारपछि स्थितिमा सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । तारिफयोग्य कामले आफ्नो क्षेत्रमा स्थापित बनाउन सक्छ । तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ । लगनशिलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ ।
अंक/रंग: ५/६, रातो र पहेलो

धनु
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ । सोमवारपछि आँटेको काम स्थगित हुन सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्नेछ । तापनि प्रयत्न गर्दा विभिन्न क्षेत्रबाट आम्दानी भइरहनेछ । बुधवारदेखि शुभचिन्तकहरूले साथ दिनेछन् भने स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। गुमेको स्थान हासिल हुनुका साथै पद–प्रतिष्ठा प्राप्त हुनेछ । आध्यात्मिक कर्ममा मन जानेछ । सप्ताहान्तमा कीर्तिमानी काम सम्पादन गर्न सफल भइनेछ ।
अंक/रंग: ६/७, रातो र कालो

मकर
प्रारम्भमा प्रतिस्पर्धीहरूले दुस्ख दिए पनि कर्मयोगले फाइदा दिलाउनेछ । पारिवारिक भेटघाटले मन प्रफुल्लित हुनेछ । तर यात्रा खर्चिलो र कष्टपूर्ण हुने सम्भावना छ। झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ । स्वास्थ्य–चिन्ताले सताउनेछ । केही घरेलु कामले अल्झाए पनि मिहिनेत गर्दा असहज परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ ।
अंक/रंग: ७/८, निलो र कालो

कुम्भ
प्रारम्भमा केही उल्झन देखिए पनि सुखद समाचारले उत्साह जगाउनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । पराक्रमद्वारा आम्दानीको दिगो स्रोत जुटाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । परिवारजनको साथले उत्साह जगाउनेछ । व्यवसायका लागि आकस्मिक यात्रा गर्नुपर्ला । सप्ताहान्तमा अस्वस्थ भइने सम्भावना छ । कामका लागि दौडधुप गर्नुपर्ला ।
अंक/रंग: ८/९, कालो र खैरो

मीन
प्रारम्भमा आफन्त र साथीभाइ टाढिन सक्छन् । तापनि प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने सहपाठीहरूलाई पछि पार्न सफल भइनेछ । तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायले रमाइलो यात्रा गराउनेछ। निम्तो आए पनि आतिथ्य खर्चालु हुन सक्छ ।
अंक/रंग: ९/१०, पहेँलो र रातो

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.