www.tandavnews.com
Fact ~ In search of truth

फ्ल्यास ब्याक ट्रेण्ड: आफैलाई फर्किएर हेर्दा…

माधव भुषाल

ताण्डव न्यूज । 

फेसबुकको क्रेज दिनानुदिन बढ्दो छ । प्रयोगकर्ताहरु आफ्ना गतिविधि सेयर र त्यसबारे प्रतिक्रिया प्राप्त गर्न लागि परेका छन् ।

Batas

फोटो पोष्ट गरेर ट्राभलिङ टू ह्येर, अथवा कुनै विषयबारे स्टाटस पोष्ट गरिरहेको देख्न सकिन्छ । कुनै स्थानमा गएर खिचिएको तस्बिर फेसबुकमै पोष्ट गरेको पाइन्छ ।

प्राय नयाँ फोटो पोष्ट गरिने फेसबुकमा गत हप्ता भने पुरानो फोटोले धाक जमायो । ३, ४ वर्ष पहिलेको फोटो लाइक, कमेन्ट गर्दिदा न्यूज फिडमा आइपुग्छ ।

फेसबुकमा जोडीएका सबै साथीहरुमाझ पुगेपछि त्यसमा प्रतिक्रिया त आउने नै भयो ।

गत आइतबारदेखि पोखराका फेसबुक साथीहरु बिच यहिं ट्रेण्ड चलिरहेको छ ।

अधिकांशले यो गतिविधिलाई सकरात्मक भएको जनाए ।

पुराना कुराहरु हेर्दा कतै रमाइलो, कतै भावुक भएको प्रतिक्रिया हामीले पायौं ।

यसै विषलाई लिएर हामीले पोखराका केही फेसबुक प्रयोगकर्ताहरु, जसले अरुको फेसबुकमा पुरानो फोटो लाइक कमेन्ट गरेर फ्ल्यास ब्याकमा पु¥याइदिए र जसलाई साथीहरुकै कारण पुराना दिन सम्झन बाध्य बनाइदियो । उनिहरुको प्रतिक्रया लिएका छौं:

बिनोद बानियाँ

रमाइलो भयो । पुराना दिन याद आयो । फ्रेस पनि भइयो । पुरानो स्टाटसहरु देख्दा चाहीं अलि कस्तो कस्तो लाग्ने । त्यो बेलाको सोंचाई त्यस्तो थियो है भनेर सम्झना आयो ।

सञ्जय कुमार मल्ल

रमाइलो लाग्यो । पुराना याद ताजा बनाइदियो । पोखरामा यो ट्रेण्ड जस्तै चलेको छ । १० वर्ष अघिका तस्विरमा लाइक गरेर टाइमलाइनमा आउँदा त्यतिबेलाको यथार्थ पनि याद गर्न पाइयो । रिफ्रेस बनायो ।

उपेन्द्र पौडेल

आफैले बिर्सेका कतिपय घटना र समयलाई फ्ल्यास ब्याकमा हेर्दा मज्जा आउँदो रहेछ । सुरुमा केहि अप्ठ्यारे लागेपनि जब अरु साथीहरुकापनि आउन थाले त्यसपछि टाइमलाइन अझै रमाइलो हुँदै गइराछ । अझ अलि कम बुझने हुँदा आफैले लेखेका र हालेका तस्विर अहिले फर्केर हेर्दा आफूमा आएको शारीरीक र बौद्धिक परिवर्तनको फरक भएको थाहा हुँदो रहेछ ।

सञ्जोग बस्याल

हरेक पटक फेसबुक खोल्दा मुहारमा मुस्कान आयो । पुरानो फोटो र स्टाटसले नोस्टाल्जिक पनि बनायो । भुलेका विगतलाई सम्झनै मौका पाइयो । र, यो कुरालाई कतिले बेतुकको पनि भने । काम नभाकोले यस्तो गरे भन्नेहरु उनीहरु आफूलाई असामाजिक र एक्लो महशुस गर्दै होलान् । उनीहरु पनि सबैको पोष्ट हेरेर पक्कै हाँसेका होलान्, भन्ने लाग्दैछ ।

बोधराज रेग्मी

म त एकदमै खुशी छु । पुराना यादहरु दिलाउने फोटोहरु र स्टाटसमा साथीहरुले लाइक कमेन्ट गर्दा छुट्टै किसिमको मज्जा आउने रैछ । अहिले नयाँ बनेका साथीहरु समेत अचम्मित भएको प्रतिक्रिया दिइरहेका छन् । आफ्नै पुरानो फोटो र स्टाटसहरु आफैंले नहेरिंदो रैछ । त्यस कुराले अलि लज्जित पनि भइदोरैछ । मान्छेहरु कति चेन्ज भएछन् भन्ने कुरा पनि प्रष्ट देख्न पाइयो ।

अरुण गिरी

लाइक आफैंमा राम्रो शब्द हो । तर लाइक केमा र केका लागि भन्ने शब्द महत्वपुर्ण हो । पुराना सम्झनलायक कुराहरुलाई लाइक गर्नु नराम्रो होइन । तर, त्यो बेलाको समय काल र परिस्थिती, टेक्नोलोजीद्धारा अपलोड गरिएका फोटोहरु जोक अनि फनका लागि, अरुलाई उडाउनका लागि लाइक गर्ने कार्य राम्रो होइन ।

अर्जुन पाण्डे 

म जिन्दगीमा पहिलो पटक हो यति धेरै खुसी भएको । आफू र विगत नियाल्दा अचम्मै लाग्ने रैछ । धेरै मज्जा आयो ।

सुरज थापा

म केही दिनदेखि अलि व्यस्त थिएँ । कामको कारण थकित महशुस गर्दै थिए । जब सुत्ने बेलामा आराम गर्दै फेसबुकको भित्ताहरु हेरें, अनि मज्जाले हाँसो लाग्यो । सबै थकान आफैं गायब भए । कारण, पुराना फोटाहरुले पुराना यादहरु सम्झायो । बडा मज्जा लाग्यो ।

सिद्धार्थ पौडेल 

त्यो बेलामा भन्दा अहिले लाइकको महत्व बढेको होकि जस्तो लाग्यो । जे होस्, आफ्नो लगायत धेरै साथिहरुको फोटो पुनः हेर्न पाइयो । रमाइलो नै भयो ।

सुशन घिमिरे

साह्रै मज्जा आयो । पुराना यादहरु ताजा भए । टाइमलाइन भरि पुराना तस्विर छन् । तस्विर भन्दा अझै पढ्न मज्जा लाग्ने कमेन्टहरु आएका छन् । जे होस्, रमाइलो भैराछ ।

गौरव त्रिपाठी

समय परिवर्तनशिल छ । सामाजिक सञ्जालमा फोटो राख्दा पहिले राखेका फोटोहरु त्यो समय राम्रो लाग्थ्यो । तर, समय वित्दै गएपछि प्रविधिको विकास भएपछि फोटाहरु पनि राम्रो आकर्षक राख्नुपर्ने भयो । पुराना फोटामा लाइक र कमेन्ट गर्दा पुराना दिनको राम्रै याद आउँदो रहेछ ।

सरोज अधिकारी

हाँसो लाग्यो । आफैलाई हेर्दा अनि अरुलाई हेर्दा । रमाइलो विगत कस्तो थियो फेसबुकमा हेर्न पाइएको छ । सबैभन्दा धेरै त अरुका फोटो स्टाटस हेर्दा समय चेन्ज भएको आभास भयो । विगत सम्झन बाध्य बनायो ।

उत्सव रसाइली 
साह्रै हाँसो लाग्यो । आफ्नै फोटो हेरेर । म त्यो बेला कस्तो रैछु भनेर फेसबुकबाटै सम्झना दिलायो । अनि अरुको पनि पुरानो फोटो खोज्न थालेँ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.