www.tandavnews.com
Fact ~ In search of truth

पशु उद्वारमा एसपी सिंह आफैं खटिए

पोखरा
ताण्डव न्यूज ।

पोखरा–५, प्रस्र्याङमा तीन दिनदेखि घाइते अवस्थामा लडिरहेको गोरुको उद्वार भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी अशोक सिंहको नेतृत्वमा सो गोरुको उद्वार गरिएको हो ।

Batas

तीन दिन देखि वेवारिसे अवस्थामा गोरु लडिरहेको भनी कास्की प्रहरीलाई खबर भएपछि सोमबार राति १०ः३० बजे तिर गोरुको उद्वारको लागि एसपी सिंहकै नेतृत्वमा प्रहरी टोलि खटिएको थियो ।

गोरुलाई उद्वार गरी उपचारका लागि भेटेनरी पुर्याइएको हो ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.