www.tandavnews.com
Fact ~ In search of truth

‘ब्राण्ड कन्सियस योङ्गहरुको रोजाईमा बेनेली’

पोखरा
ताण्डव न्यूज ।

सन् १९११ मा यूरोपको इटालीमा स्थापना भएको बेनेली कम्पनीले उच्चस्तरीय मोटरसाइकलको चाहना राख्ने उपभोक्ताहरुलाई कम्पनीका विभिन्न सेरिज मार्फत आवश्कता पूर्ति गर्दै आईरहेको छ ।

चार वर्ष अघि केटिएम इन्टरनेश्नल कम्पनीले काठमाण्डौंमा बेनेलीको शो रुम सञ्चालनमा ल्याई नेपालमा बेनेली भित्र्याएको थियो । झण्डैं दुई वर्ष पुग्न लाग्यो पोखरामा पनि बेनेलीले बजार विस्तार गरेको छ ।

Batas

बेनेली कम्पनीको बाइक भित्र्याई योङ्गहरुको लक्जरी बाइक राइडको चाहना परिपूर्ति गराईरहेका पोखराका लागि बेनेली बाइकको आधिकारिक विक्रेता लोमस इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठसँग गरिएको कुराकानी :

बेनेली मोटरसाइकलको बारेमा बताइदिनुस् न ?

बेनेली इटालियन बाइक हो । बेनेली सन् १९११ मा इटालीमा स्थापना भएको हो । एशियाको लागि चाइनामा एसेम्बल हुने गरेको छ । बेनेली विशेषतः प्रिमियम बाइकमा पर्दछ ।

बीचमा विश्व युद्धका कारण केही समय उत्पादन रोकिए पनि पुनः कम्पनीले विगत लामो दशक यता उच्च स्तरीय बाइकको चाहना हुनेहरुका लागि कम्पनीले ब्राण्ड विस्तार गरिरहेको छ ।

कस्ता व्यक्ति यस मोटरसाइकलका लक्षित ग्राहक हुने गरेका छन् ?

नेपालमा यसको क्रेज पछिल्लो समय बढ्दो पाएको छु । दश वर्ष भन्दा पहिलेबाट इण्डियन कम्पनीका बाइक चढ्नेहरु पनि यस कम्पनीको बाइक चढ्न रुचाउँछन् । ब्राण्ड कन्सियस योङ्गहरुको रोजाईमा बेनेली पर्ने गरेको छ ।

कम्पनीका कस्ता कस्ता बाइकलाई पोखरामा प्रबद्र्धन गरिरहनु भएको छ ?

हामी कहाँ कम्पनीका १३५ देखि ६०० सीसी सम्मका बाइकहरु उपलब्ध छन् । जसमा टिएनटी १३५, टिएनटी २५०, टिएनटी ३००, ३०२ आर, टिआरके ५०२ र टिएनटी ६०० मोडलहरुमा उपलब्ध गराउँदै आएका छौं । जसको अन्य कम्पनीको तुलनामा कम ध्वनी निकाल्दछन् ।

सडकमा गुड्दा पनि यी बाइकहरुले तुलनात्मक रुपमा अन्य कम्पनीको भन्दा लक्जरी फिल गराउँदछ । कम्पनीका सबै जसो मोडलका बाइकहरुको लुक्स स्पोर्टी भएकोले पनि उपभोक्ताले केही फरक अनुभूति पाउने गरेका छन् ।

पोखरामा बेनेली कम्पनीका उपभोक्ताहरुको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

पोखरामा मैले सर्वप्रथम ०७३ सालमा यसको शो रुम भित्र¥याएको हुँ । पोखरामा पनि राम्रा कम्पनीको ब्राण्डेड बाइकहरु चढ्ने सौख मौलाउँदै गएको पाए पछि मैले बेनेली लाई पोखरा भित्र¥याउने योजना बनाए ।

मैले नै शो रुम स्थापना गरेपछि हालसम्म ८५ वटा भन्दा बढी बेनेलीका बाइकहरु विक्री गरिसकेको छु । र हामी मार्फत विक्री भएका अधिकांश बाइकहरु सर्भिसीङको लागि हाम्रो आफ्नै सर्भिस सेन्टरमा आउने भएको हुँदा उपभोक्ताको प्रतिक्रिया उत्कृष्ट नै रहेको पाएको छु ।

आगामी दिनमा बेनेलीको बजार कस्तो रहला ?

पहिले भन्दा अहिले उपभोक्ताहरु ब्राण्ड कन्सियस हुँदै गएका छन् । र अहिले भन्दा आउने दिनहरुमा अवश्य पनि उपभोक्ताहरु ब्राण्ड र कम्पनीको बारेमा जानकारी लिने नै छन् ।

जति पनि उपभोक्ताहरुले बेनेली बाइकको बारेमा आफैले बुझ्नु हुन्छ वा सुन्नुहुन्छ उहाँहरुले बेनेली प्रयोग गर्नुहुनेछ भन्ने आशा छ ।

पोखरामा पनि विस्तारै ओहो ! बेनेलीको बाइक पनि पोखरामा ? भन्ने खालको आश्चर्यकीत भावना पैदा भएको पाएको छु ।

निकट दिनहरुमा नै बेनेलीले पोखरा मात्र नभई समग्र नेपालमै राम्रो बजार पाउनेमा आशावादी छु ।

 

प्रस्तुती : ईश्वर देवकोटा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.