पोखरा
ताण्डव न्यूज ।
पुराना यातायात व्यवसायीहरुको सिण्डिकेट तोडेर पोखराका सडकमा बस गुडाएको विन्ध्यवासिनी बस व्यवसायी समितिले सिण्डिकेट खारेजीको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएको छ ।
पहिलोपटक पोखरामा बस गुडाउँदा पुराना व्यवसायीले विन्ध्यवासिनीका गाडी तोडफोड गरेका थिए । सिण्डिकेट तोडिने भो भन्दै समितिले सबैको साथ पनि पायो । तर, त्यहि समिति अहिले सिण्डिकेट पक्षधारीसँग होस्टेमा हैसे गरिरहेको छ ।

‘बस किन नगुडाउनुभएको ?’ भनेर ताण्डव न्यूजले प्रश्न गर्दा विन्ध्यवासिनीका सचिव प्रमोद दवाडीले प्रशासनले सुरक्षा नदिएका कारण यातायात संचालन नगरेको बताएका थिए ।
तर, जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अशोक सिंहले ‘२ जना सुरक्षाकर्मी हतियारसहित बसमा सुरक्षा दिन तयार छ’ भन्दा पनि उनिहरु सम्पर्कमा नआएको बताए ।
एसपी सिंहले केन्द्रबाट यातायात संचालन नगर्ने बस समिति पदाधिकारीहरुलाई पक्राउ गर्न आदेश आएको सुनाउँदै उनिहरुको खोजी भइरहेको बताए ।
पक्राउ पश्चात् उनिहरुलाई सार्वजनिक मुद्धा चलाइने छ । यातायात जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएपनि व्यवसायीले त्यसको प्रवाह नगरी यातायात ठप्प पारेर सास्ती दिएकाले उनिहरुलाई सार्वजनिक मुद्धा चलाउन लागिएको हो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.