www.tandavnews.com
Fact ~ In search of truth

अलैँची उत्पादन बढाउन कृषकलाई तालिम

पोखरा
ताण्डव न्यूज ।

मादी गाउँपालिका वडा नं. ८, स्थित पोसी गाउँका कृषकहरुलाई अलैँची खेति सम्बन्धी तालिम प्रदान गरिएको छ ।

गुडनेर्वस इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत तीन दिने अलैँची खेति तालिम सञ्चालन गरिएको हो ।

Batas

पोसी गाउँमा केही वर्ष यता अज्ञात प्रकोपका कारण अलैँची खेती नासिदैँ गएकाले पूर्ववत रुपमा खेतिको पुर्नस्थापना गर्न नौलो घुम्ती नेपालले वैशाख २१, २२ र २३ गते तालिम दिएको जनाएको छ ।

machhapuchre
madi

तालिममा सिद्ध अलैँची उत्पादक कृषक समूहका अध्यक्ष तेजबहादुर गुरुङको सयोजकत्वमा २४ कृषक सहभागी भए । कार्यक्रममा नौलो घुम्ती नेपालका कृषि प्राविधिक सञ्जिव बराल क्षेत्रीले तालिमको उद्देश्य बारे प्रष्ट पारे ।

जिल्ला अलैँची संघको सहजीकरणमा सम्पन्न तालिममा संघका प्रतिनिधि सुरेन्द्रजंग क्षेत्री र विशाल गुरुङले कृषकलाई खेतबारीमै प्रयोगात्मक तालिम उपलब्ध गराएका थिए । पोसी गाउँमा अलैँची खेति मार्फत विगतमा वार्षिक ९० लाख सम्म आम्दानी हुने गरेकोमा हाल ५–६ लाखमा आम्दानी सिमित रहेकोले नगदे बाली अलैँची खेतिको विस्तार गरी कृषकको आयस्तरमा बृद्धि ल्याउन अपरिहार्य रहेको कार्यक्रममा जनाईएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.