www.tandavnews.com
Fact ~ In search of truth

दोश्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता सम्पन्न

पोखरा ।

पोखरामा तिन दिन जारी “दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव” भव्य समहारोहका बीच सम्पन्न भयो । दोश्रो दक्षिण एशयिाली योग खेलकुद च्याम्पियनशिपमा सहभागी २ सय ७५ जना खेलाडीलाई उछिन्दै भारतका पुष्पेन्द्र मञ्डल मिष्टर योगी घोषित भए भने सोही भारतकी शुहेना पुरकेत मिस योगिनी घोषित भइन ।

विभिन्न उमेर सुमह र टिम गेममाा १४ स्वर्ण पदक मध्ये भारतले १० स्वर्ण पदक प्राप्त गरि प्रथम भयो भने आयोजक नेपाल ४ स्वर्णका साथ दोश्रो स्थान प्राप्त गर्न सफल रह्यो । त्यसै गरि नेपालले ९ रजत र भारतले ५ रजत प्राप्त गर्यो । काश्य पदकमा भने अंक बराबर भएका कारण नेपालले ११, भारतले ४ पाकिस्तान र बंगालादेशले क्रमश १–१ पदक बाँडे ।

बिजेता खेलाडी तथा टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार विष्ट, अन्तर्राष्ट्रिय योग खेलकुद महासंघका उपाध्यक्ष उमंग द्वान, नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्की, महासचिव चुडामणी खरेल, कास्की जिल्ला योग खेलकुद संघका अध्यक्ष प्रकाश बानिया लगाएतले मेडल, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।

Lama collectio News Middle

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव विष्टलाई अन्तर्राष्ट्रिय योग खेलकुद महासंघको संरक्षक घोषणा गरिएको थियो ।

सो अवसरमा बोल्दै सदस्य सचिब विष्टले पोखरामा योग खेलकुदको केन्द्र स्थापन गर्ने बताए । उनले फेवातालको किनारमा योग ध्यान केन्द्र स्थापन गर्ने हो भने यसले विश्वलाई ध्यान आर्किष्ट गर्न सहयोग पुग्ने बताए । उनले यसका लागि छिट्टै नै नयाँ योजनाका साथ काम गर्ने बताउँदै नेपालको योग खेलकु्दलाई पुनः एक पटक माथी उठाउन सहयोगी हुने धारणा राखे ।

संघका महासचिब खरेलले प्रतियोगितामा ५ मुलुकका करिब २ सय ७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको थियो । उनका अनुसार प्रतियोगितामा प्रतिष्पर्धाका लागि भारत बाट ९० जना खेलाडी र १० जना अफिसियल गरि १ सय जना, अफगानिस्तान बाट ६, पाकिस्तान बाट ४, बंगालादेश बाट ४ जना खेलाडी नेपाल आएका थिए ।

महासचिव खरेलका अनुसार मलेसियाले समेत योग खेलकुद बारे जानकारी लिन खेलाडी आएका थिए भने मलेसिया बाट १४ जना खेलाडी सहभागिताका लागि पोखरा आएका थिए । यसै गरि पर्यवेक्षकका रुपमा जर्मनी, आयरलैण्ड, स्लोभानिया, दक्षिण अफ्रिका र थाइलैण्ड बाट समेत ८ जना अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु सहभागि थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery