लहान ।
विवादका क्रममा गोली चल्दा सिरहाको अर्नमा गाउँपालिकामा एक युवकको मृत्यु भएको छ ।
लेनदेनसम्बन्धी विवाद बढेपछि हानेको गोली लागेर उक्त गाउँपालिका–१ निवासी २२ वर्षीय धर्मेन्द्रकुमार सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेन्द्र भेटवालले जानकारी दिए ।

विवादकै क्रममा स्थानीयवासी सन्तोष सिंह लगायतका व्यक्तिले आइतबार राति करीब १२ बजेतिर चलाएको गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्रलाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएकाले शवपरीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा सन्तोषलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भेटवालले बताए ।
(रासस)
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.