www.tandavnews.com
Fact ~ In search of truth

कास्की सम्हालेका ‘केदार रिजाल’ डिआइजी बढुवाको पहिलो सूचीमा

पोखरा
ताण्डव न्यूज ।

कुनै वेला जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुख (एसपी) भएर जिम्मा सम्हालेका एसएसपी केदार रिजालले डिआइजी बढुवाको लागि पहिलो नम्बरमा नाम निकालेका छन् ।

२०६९ माघ २२ देखि २०७० पुस २२ सम्म कास्कीमा प्रमुखको जिम्मा सम्हालेका रिजाल गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले प्रकाशन गरेको सुचीअनुसार पहिलो नम्बरमा बढुवाको लागि सिफारिस भएका हुन् ।

Batas

एसएसपी रिजालसगै डिआइजी बढुवाको दोस्रो सूचीमा शेरबहादुर बस्नेत, तेस्रोमा पिताम्बर अधिकारी, चौथोमा दीपककुमार थापा र पाँचौ नम्बरमा दिनेश अमात्य छन् ।

बढुवा सूचीमा नारायणसिंह खड्का, रबिन्द्रप्रसाद शर्मा, कमल बहादुर जिटी, महेन्द्रकुमार पोखरेल, महेशविक्रम शाह, प्रेम चन्द, श्याम खड्का, दानसिंह वोहरा, सुशिलकुमार भण्डारी, रामप्रसाद श्रेष्ठ र सुरज केसी पनि रहेका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.