बिनिता सुनार
पोखरा, ताण्डव न्यूज ।
सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले सञ्चालन गरीएको ट्राफिक सप्ताह सम्पन्न भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैङ्क लिमिटेड पोखरा र नेपाल रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा ट्राफिक सप्ताह सञ्चालन गरीएको थियो ।

ट्राफिक व्यवस्थालाई सुदृढ बनाउँदै ट्राफीक नियम सम्बन्धी सबैमा सचेतना गराउन बैशाख १७ गते देखी २३ गते सम्म कार्यक्रम गरिएको समापन समारोहमा जानकारी दिइयो ।
ट्राफिक सप्ताह कार्यक्रमबाट ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनीकरणमा सहज भएको, पैदल यात्री तथा चालकहरुलाई जेब्रा क्रसको महत्वबारे चेतनाको विकास भएको, बाटो सधै जेब्रा क्रसबाट मात्र काट्नु पर्छ भन्ने बानीको विकास भएको, चालक तथा सर्वसाधारणलाई दुर्घटनाबाट बच्न र बचाउनको लागी आफु स्वयम् जिम्मेवारी हुनुपर्छ भन्ने सन्देश प्रवाह भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी नायव निरिक्षक तथा सुचना अधिकृत शिव बहादुर थापाले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख एंव प्रहरी निरिक्षक ऐन बहादुर मल्लले १ लाख ५० हजार सर्वसाधारण ट्राफिक सचेतनाबाट लाभान्वित भएको दाबी गरे ।
मल्लको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष सुरेन्द्र गुरुङले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.