पोखरा ।
कास्की जिल्ला खेलकुद बिकास समिती द्वारा पोखरा रंगशालमा आयोजित कास्की जिल्ला स्तरिय १० औं राष्ट्रपती कपको उपाधी हेमजाको गौरीशंकर माबीले प्रतियोगितामा सहभागी ७१ विद्यालयलाई उछिन्दै उचालेको छ । गोरीशंकरले ओभरअलमा ८ स्वर्ण, ७ काश्य र १ रजत पदक प्राप्त गरि उपाधी हासिल गरेको हो ।
प्रतियोगितामा गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण, ५ रजत र १ काश्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो । गौरीशंकर २०७२ सालको समेत च्याम्पियन हो । उपाधी उचालेको गौरीशंकरले प्रथम पुरुस्कार नगद १५ हजार सहित आर्कषक रनिङ्ग शिल्ड प्राप्त गरेको छ । गौरीशंकरले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजार समेत पाएको हो ।
त्यसै गरि जारी प्रतियोगितामा गत वर्षको च्याम्पियन टप्स मावीले ५ स्वर्ण, २ रजत र ७ काश्यमा चित्त बुझउँदै दोश्रो स्थान हासिल गरेको छ । टप्सले एथलेटिक्समा १ रजत र ६ काश्य, उशुमा ४ स्वर्ण, १ रजत र १ काश्य तथा भलिबलमा १ स्वर्ण जितेको थियो । उसले नगद पुरुस्कार १२ हजार प्राप्त गरेको छ । टप्स माबी २०७०, २०७१ र २०७३ को च्याम्पियन रहेको थियो ।
प्रतियोगितामा त्रिवेणी बेर्डिङ्गले तेश्रो स्थान हासिल गरेको छ । उसले प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ७ काश्य पदक हासिल गरेको थियो । त्रिवेणीले एथलेटिक्स तर्फ ५ स्वर्ण, १ रजत र ६ काश्य तथा कब्बडीमा १ रजत प्राप्त गरेको छ । उसले तेश्रो स्थान संगै नगद ९ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागी विद्यालयका करिव २ हजार खेलाडीलाई पछि पार्दै त्रिवेणी बोर्डिङ स्कुलका एथलेटिक्स छात्र तर्फका खेलाडी बिबेक अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । त्यसै गरि छात्रा तर्फ शान्तिदिपकी कब्बडी खेलाडी बुद्धी माया मगर कविता उत्कृष्ट खेलाडी घोषित भइन । उनी कब्बडी खेलकी राष्ट्रिय खेलाडी समेत हुन । जिल्ला खेलकुद बिकास समिती कास्कीले उनीहरुलाई जनही नगद १० हजार छात्रवृती स्वरुप प्रदान गरेको छ ।
बैशाख २१ गते देखि जारी निर्वाचन र जिल्ला स्तरिय बिजेता विद्यालय र खेलाडीलाई पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समिती कास्कीका अध्यक्ष याम गुरुङ, राखेप कर्मचारी प्रतिष्ठानका अधिकृतहरु लेखनाथ कट्टेल र शुकुमार थापा, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी, पश्मिाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका सदस्य देवेन्द्र क्षेत्री, जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, जिल्ला खेलकुद बिकास समितीका सदस्य विष्णु माया गुरुङ, सदस्य झलक पोख्रेल, कोषाध्यक्ष दिपक गोदार, भलिबल संघका केन्द्रिय सचिब डिवी नेपाली लगाएतले ट्रफी, मेडल, कप, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।
कार्यक्रममा २०७५ जेठ १८ गते देखि संचालन हुने प्रदेश नं ४ स्तरिय १० औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा छनौटमा परेका खेलाडीको नाम समेत घोषणा गरिएको थियो । क्षेत्रिय स्तरको राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितालाई यस बर्ष देखि प्रदेश स्तरिय बनाइएको छ ।
जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख बरालका अनुसार सम्पन्न भएका प्रतियोगितामा तिन पटक सम्म पश्मिाञ्चलले शिल्ड माथी कब्जा जमाएको थियो । यस पटक पनि सोही अनुसारको तयारी थाल्ने भन्दै उनले सबै छनौटमा परेका खेलाडीलाई प्रशिक्षणको ब्यवस्था मिलाइएको बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।