www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष गुरुङको के हो यौन काण्ड ?

hima aus
अर्जुन गिरी/ताण्डव न्यूज

एक साता अघि एउटा घटनाले धेरैको ध्यान तान्यो । हुन पनि संसारमा सबै भन्दा छिटो मान्छेको मस्तिष्कमा क्लिक गर्ने कुरामा समाचार नै आएपछि म अनविज्ञ रहन चाहिन । कुरा थियो यौन शोषणको, त्यो पनि वडा अध्यक्षबाट अण्डरएज किशोरीसँग ।

अझ भनौं घटनाको साँक्षी सिङगो गाँउनै । यस्तो समाचार आएपछि मलाई नछुने कुरै भएन । अपराधमा प्राय कलम चलाउने म यो घटनाको विषयमा पछि परेकी भनी कता–कता अप्ठ्यारो लागेको थियो ।

कास्की मादी गाउँपालिका वडा–७ अध्यक्ष लालबहादुर गुरुङले एक किशोरीलाई यौन शोषण गरेको घटना बाहिर आएपछि ठूलो न्यूज बन्नु स्वभाविकै थियो । तर त्यो घटनाको समाचार एउटा मात्र अनलाइनले लेख्यो । भोलीपल्ट खण्डन जस्तो वडा अध्यक्षको भनाई पनि पढें ।

समाचार र खण्डन दुवै पढिरहँदा मलाई अच्चम लाग्यो । न्यूजको विषयमा होइन कि त्यो न्यूज आएपछि यहाँका केही मानवअधिकार र महिला अधिकार भन्नेहरुको मौनता देखेर ।

यो देख्दा मलाई २ बर्ष अघिको एउटा घटना याद आयो । हुन त यस्ता धेरै घटना उदाहरणको रुपमा छन् । तर यो घटनासँग जोड्दा एउटा घटना गतिलो नजिरको रुपमा मैले लिएको छुँ । विवाह गर्न आएका किशोरकिशोरीलाई यहाँका मानवअधिकार र महिला अधिकारवादीहरुले प्रहरी लगाएर समाते ।

दुलाह दुलही,जन्ती र माइति पक्षको विजोग भयो । अण्डरएज अर्थात १८ वर्ष मुनिकाले विवाह गर्दैछन् भन्ने मानव अधिकारवादीहरुलाई पहिलेनै थाहा थियो । तर बिहे गर्नु अघिनै सम्झाउनु पर्नेमा उनीहरुले बिहेकै दिन कुरेर बिचल्ली बनाइदिए ।

अहिले एउटी किशोरीमाथि वडा अध्यक्षले गरेको यौन शोषणको कुरा भने उनीहरुको कानमा पक्कै पुगेको होला । तर पीडितको कुरानै समाचारमा आएन भनेर तर्किएका छन् । शक्तिकै आडमा सत्य तथ्य बङ्ग्याउने प्रयास भएको छ भनेर स्थानीय बोली रहँदा त्यसलाई प्रमाण मात्र होइन अनुगमनको सूचीमा समेत मानवअधिकार र महिला अधिकारवादीले राख्न नसक्नु दुर्भाग्य हो । ‘त्यो हल्ला जस्तो लाग्यो’ त्यही भएर वास्ता भएन् । यो भनाई मानवअधिकारवादी, महिलावादी र केही पत्रकारहरुको थियो ।

सामान्यतया पत्रकारले समाचार लेख्नको लागि कि पीडित वा पीडित पक्षले बोल्नुपर्यो कि प्रहरीकहाँ उजुरी गर्नुपर्छ । दोस्रो पक्षले बोल्दा यस्तो जटिल विषयमा समाचार बनाउन अल्लि गाह्राे नै हुन्छ ।

वास्तविकता बुझ्न म र हाम्रो ताण्डव न्यूजका वरिष्ठ संवाददाता ईश्वर देवकोटा सोमबार मादी गाउँपालिका–७ मै पुग्यौ । किशोरीको घरमा गर्यौं । घरमा कोही थिएनन् । छर–छिमेकमा सोधेको नानीलाई दिदीले पोखरा लिएर गएकी छन् भन्ने सुन्नमा आयो । ‘बुबाआमा अहिले हुनुहुन्न कता जानु भयो कुन्नी’ एक छिमेकीले भने । त्यसपछि अन्य व्यक्तिसँग कुराकानी गर्न सुरु गर्यौ ।

घटना जे समाचारको रुपमा पढेको थिएँ मैले त्यहीनै भनाई दुई–तीन जनाको मुखबाट सुनेँ । फरक यति थियो त्यो रात घटना हुँदा उनीहरु थिएनन् । तर भोलीपल्ट घटना मिलाउन बोलाइएको भेलामा उनीहरु थिए । उनीहरुको भनाई तल जस्ताको तस्तै राखेका छौं ।

वडा अध्यक्षले भोलीपल्ट किशोरीलाई श्रीमतीको रुपमा कवुल गर्छु भनेपछि घटना साम्य भएको भन्ने निष्कर्ष आयो । गाउँ पुग्न भन्दा पहिला मेरो मनमा नाना थरिका प्रश्न उठेको थिए । एउटा वडा अध्यक्षलाई कसरी यस्तो आरोप लगाउन सक्छन् ? आरोप लगाउने मान्छेनै पहिचान भएको छ तर वडा अध्यक्ष होइन मात्र भन्छन् कानुनी उपचारमा लाग्दैनन् किन ? वडा अध्यक्ष मात्र नभएर माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेको लालबहादुरलाई अनावश्यक आरोप लगाउने गाउँले कस्तो होलान् ? भेला डाक्ने अन्य मान्छे अहिले आएर मौन किन ? यदी घटना भएको हो भने वडा अध्यक्ष किन प्रहरी हिरासदमा छैनन् ? यस्तै यस्तै जिज्ञासा मनमा थियो ।

घटनाको बारेमा बुझ्नको लागि धनुबास कालिका माविमा पनि पुगेँ । शिक्षकहरु पनि त्यस्तै हल्ला सुनेको भनी खासै कुरा गर्न चाहेनन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षीया किशोरी वैशाख १४ गते स्कुल आएकी थिइन् त्यसपछिका दिनमा हाजिर छैन् । गाउँका स्थानीयको भनाई अनुसार घटना भएको भोली पल्टदेखि किशोरी गाउँमा छैनन् ।

दिदीले पोखरा लागेकि छन् भन्ने पनि सुनियो । किशोरीको दिदीलाई सम्पर्क गर्न खोज्दा दिदीको नम्बर दिने कोही भएनन् । वडा अध्यक्ष लालबहादुरसँग माग्दा उनले दिन नमिल्ने बताए । ‘सबैले फोन गरेर हैरान पारेको हुनाले उनको दिदीले अरुलाई नम्बर नदिनु भनेकी छन्,’ उनले तर्कनखोज्दै भने, ‘मैले नम्बर दिन मिल्दैन् ।’

घटना क्रम :

(भेलामा उपस्थित स्थानीयको भनाई अनुसार)

वैशाख १४ शुक्रबार राति मोटरसाइकलमा वडाअध्यक्षले उक्त किशोरीलाई उनकै घरबाट लिएर गए । ३३ वर्षीय वडा अध्यक्ष लालबहादुरले किशोरीलाई आफ्नै घरमा राखे । उनले मोटरसाइकलमा लिएर गएको देखेपछि गाउँका ८/९ जना युवाहरु उनको पछि लागे । उनीहरु दुबै जना घर भित्र पसे ।

त्यो देखेपछि युवाहरुले किशोरीको बुबालाई जानकारी गराए । जानकारी गराए लगत्तै बुबा र केही गाउँका युवाहरु मिलेर वडाध्यक्षको घर पुगे । ढोका खोल्न लगाए । झ्यालबाट भाग्छ कि भनेर केही युवाहरु घर घेराउ गरे । केही बेर पछि वडाध्यक्षले ढोका खोले । किशोरी पनि त्यहीँ खाटमै थिइन् ।

त्यो देखेपछि किशोरीकी बुबा रिसाउँदै किशोरीलाई गाली गरे । वडाध्यक्षलाई पनि गाली गर्न थाले । वडाध्यक्षले आफूले ल्याएको स्वीकार गर्दै बिहे गर्ने सर्तमा राती नै घटना सल्याउन लागे । भोलीपल्ट यही विषयमा भेला बस्ने (कचहरी) निर्णयअनुसार सबै घर लागे ।

किशोरी माथि अन्याय नहोस् भनेर किशोरी पक्षका केही भद्रभलामी, अग्रज र वडाअध्यक्ष लालबहादुर समेत भेलामा आए । भेला सबैको एउटै मात्र साझा प्रश्न थियो ‘के गरेकोे वडाध्यक्ष ज्यू यस्तो ?’ उनले क्षमा माग्दै किशोरीलाई अप्नाउने बताए । भेलामा उपस्थित मध्येका एक जनाले ‘कागज गर्नुपर्छ’ भन्दा वडा अध्यक्षले ‘पर्दैन मैले बोलेपछि भै हाल्यो नी भनेर हिडेँ’ । त्यसपछि वडा अध्यक्ष किशोरीको परिवारसँग बारम्बार सम्पर्कमा थिए । एक्कासी किशोरीलाई उनको दिदीले पोखरा ल्याइन् ।

वडाध्यक्षले गल्ती स्वीकार गरेका हुन्

बुद्धिबहादुर गुरुङ(समाज सेवी)

मलाई केही थाहा थिएन । मान्छे जोड्ने दिन (कचहरी) म घरमा सुति रहेको थिएँ । गाउँकै केही युवाहरु आए । घटना बारे मलाई सुनाए । त्यसपछि सबै जम्मा भइयो ।

एउटै गाउँ दाजुभाईको कुरा भएको हुनाले घरकै कुरा घरमै मिलाउनुपर्छ भन्ने थियो । वडाध्यक्ष लालबहादुरले गल्ती स्वीकार गरेपछि दुलही भित्रयाउनु पर्ने भन्ने थियो ।

त्यसबाहेक मैले कागजात पनि गर्नुपर्छ भनेको थिएँ । तर शनिबार अनेक बाहानाले टार्ने काम भयो । गाउँमा चलेको चलन के पनि थियो भने आज बोलेको कुरा भोली लिखित गर्न मिल्ने छ तर इमान हुनु पर्यो । लालबहादुरले केटी मसँग छ मेरै हो, मैले स्वीकार गरे भनेपछि हामी पनि ढुक्क भयौ ।

आफैंले सबै कथा भनेर स्वीकार गरेपछि हामी तैले किन यस्तो गरेको भनेर फेरी प्रश्न सोध्नै मिलेन । घरको कुरा घरमै मिल्यो भन्ने थियो । कुरा मिल्यो सबै उठेर हिडे ।

त्यहाँबाट निस्कनुअघि हामीले आइतबार विवाह दर्ता गर्नुपर्छ है भनेका थियौ । वडाध्यक्षले पनि हुन्छ दाई भनेको थिए । अर्को दिन केटीलाई दिदीले लग्यो भनेपछि कुरा बिग्रियो भनेर चिन्ता लाग्यो ।

त्यसपछि म मेरा घरायसी काममा व्यस्त भएँ । एक पटक वडा अध्यक्ष लालबहादुरसँग फोनमा कुरा भयो । उसले मलाई कुरा बुझ्नु हुन्न दाई भन्यो । मैले समाज अगाडी भएको कुरा हामीले बोल्नुपर्छ भनेको कुरा पूरा गर्नुपर्छ भनेर लालबहादुरलाई भने । तर उसले भेलामा भएको कुरा अरुलाई नभन्नु भनेर मलाई भनेकै हो । हामीले त घटना भई हाल्यो सहज तरिकाले लाने भनेर पो मिलाइदिएको हो ।

भएकै कुरा भन्न के को डर

पूर्ण गुरुङ (समाज सेवी)

 

घटना नभए भोली पल्ट मान्छे जोड्ने काम हुन्थ्यो ? म मात्र होइन त्यहाँ गाउँका अन्य मान्छे पनि थिए । वडा अध्यक्ष जस्तो मान्छेले त्यस्तो काम गर्ने अनि स्वीकार पनि गर्ने अहिले आएर चेलीलाई विचल्ली गर्न पाइन्छ ? घटना भएको भोलीपल्ट म पनि थिए मिटिङमा । उसले सबैको अगाडी गल्ती स्वीकार गरेकै हो कुनै बनावटी कुरा होइन् ।

त्यति मात्र होइन उसले केटीको बुबालाई पहिला दाई भन्थ्यो । त्यो दिन सबैका अगाडी आजबाट मेरो ससुरा पनि भनेकै हुन् । त्यो दिन कागजात नगर्नुनै गल्ती भयो । पहिला सजिलै स्वीकार गरेको लालबहादुरले अहिले उल्टो रोल खेल्यो ।

classic tech

अहिले आएर के–के गरेर केटीलाई नै भगाउने काम भयो । केटीको दिदीले लगेछ भन्छन् । अन्याय गर्नु पनि हुँदैन र सहनु पनि हुँदैन । भएको कुरा गर्न के को डर । अहिले धेरै जना बोल्न पनि मान्दैनन् । सबैको अगाडी भएको घटना हो । नानीलाई लालबहादुरले स्वीकार गर्नुपर्छ । मान्छे भएपछि धर्म छाड्नु हुँदैन् ।

 

गल्ती हो भने कारवाही हुनुपर्छ

नारायण सापकोटा (वडा सस्दय, मादी गाउँपालिका–७)

हामीले पनि हल्ला सुनेका हौंं । अध्यक्ष आफैं विवादमा भएको हुनाले हामीले बोल्न मिलेन् । घटना भएको भोलीपल्ट त्यो विषयमा मिटिङनै बसेको भन्ने थाहा छ । यति गल्तीनै गरेको हुन भने अध्यक्षलाई कारवाही हुनुपर्छ ।

हल्ला हो भने त्यो हल्ला फिजाउनेलाई कारवाही गर्नुपर्छ । यो विषयमा मिटिङ बसेका बुद्धि गुरुङलाई सबै थाहा छ । उहाँसँग सोध्नु भयो भने सबै वास्तविकता बाहिर आउँछ ।

 

 

 

 

जो न्यायको पक्षमा छन् तर बोल्न डराउछन्

अहिले नौलो मान्छे मादी गाउँपालिका–७ जाने बित्तिकै त्यही घटना बुझ्न आएको हुन भनेर शंका गर्छन् । धनुबास कालिका प्रावि भन्ने गाउँ भन्दा केही मिनेट तल रहेछ । हामी त्यहाँ पुग्यौ । हामी ती किशोरी पढ्ने स्कुल भनेर त्यहाँ पुग्दा एक शिक्षकले यसको मावि ५ मिनेट माथी पर्ने सुनाइन् ।

किशोरी पढ्ने स्कुल र घर खोज्दै गयौं । त्यहाँ बाटोमा एक जना स्थानीय भेटिए । उनीसँग कुराकानी गर्दै घटना भएकै हो भन्दै सबै घटना सुनाए । जुन घटना मैले समाचारमा पढि सकेको थिए । किशोरीको उमेरमा एक वर्ष सानो र वडाअध्यक्षको वर्षमा २ वर्ष जेठो मात्र थियो घटना जस्ताको तस्तै । ‘अब के गर्ने गल्ती गरिहाले,’ उनले सुनाए, ‘घटनालाई कसरी अघि बढाउने भन्ने मात्र हो ।’

घटना प्रहरीकहाँ गयो भने वडा अध्यक्ष मात्र होइन केटीको दिदी पनि फन्दामा पर्ने उनले बताए । ‘देख्दा ठूली भएर हुन्छ र कानुनको हिसाबमा अण्डरएज हो केटी भोली दिदीले करकाप गरेर म बोलिन भनि भने फन्दामा परिहाल्छेनी,’ उनले भने, ‘यो घटनापछि समाजले वडाअध्यक्षलाई बचाउन खोजेको छ तर कानुनको नजरमा गलत नै हो ।’

घटनाको विषयमा धेरैले भएकै हो भनी गुनासो पोखे । घटना भन्दा पनि को संलग्न छ भने कुरा अझ महत्वपूर्ण विषय रहेको एक शिक्षकले नाम नबताउने सर्तमा मुख खोले ।

‘घटना भएकै हो, यस्तो घटना अन्य ठाउँमा पनि हुन्छ तर वडा अध्यक्ष जस्तो सबैको अभिभावकले यस्तो गर्दा पूरै वडाकै नाम बदनाम भयो,’ उनले भने, ‘किशोरीको भन्दा पनि वडा अध्यक्षको गल्ती देखिन्छ,’ उनले भने, ‘प्रहरीकहाँ घटना पुग्यो भने वडा अध्यक्षले पद मात्र होइन जेल चलान हुनुपर्छ ।’ केटी लुकाएका छन् ।

घटना साम्य पार्न दिदीकहाँ लगे । घटनाको भोलीपल्ट मिटिङमा वडा अध्यक्षको दिदी र किशोरीको दिदी एउटै कारमा आए ।

यो कुराले गर्दा पनि घटना आर्थिक चलखेल भएकै कारण लुकेको उनले सुनाए । नत्र आफ्नो बहिनी अन्यायमा पर्दा कुन चाहीँ दिदीले पीडक पक्षसँग गफिदैं आउँछन् ।

यदी केटीलाई जबरजस्ती दबाब दिएर मुख बन्द गराएको हो भने यो सबै भन्दा ठूलो अपराध हो ।

छात्राको भविष्यमा खेलवाड हुनु हुँदैन

वडा अध्यक्ष जस्तो मान्छेलाई आरोप लाग्नु आफैंमा गम्भीर कुरा रहेको धनुबास कालिका माविका शिक्षक सूर्यबहादुर अधिकारीले सुनाए । ‘यदि वडाध्यक्षले गल्ती गरेको हो भने कारवाही हुनुपर्छ,’ उनले भने, ‘अहिले छात्रा नै समस्या परेकी छन् ।’

वैशाख १४ गते राति घटना भएको भएपछि उनी स्कुल नआएको अधिकारीले बताए । ‘घटना जे होस् छात्राको भविष्य माथि खेलवाड हुनु हुँदैन,’ उनले भने, ‘हामीलाई छात्राको निकै पीर लागेको छ ।’

आफू बिदामा बसेको हुनाले घटनाको बारेमा जानकारी नभएको प्रिन्सीपल गोपाल सापकोटाले बताए । ‘घरायसी कामले म बिदामा बसेको बेला घटना भएको हुनाले बुझ्न पाएका छैनौं,’ उनले भने, ‘छात्राको दाई विदेशमा हुनुहुन्छ मैले च्याटमा कुरा गरे नानी दिदी कहाँ छन् भने ।’

छात्रा अन्यायमा पर्न नहुने उनले बताए । ‘यदी घटना भएको हो भने छात्रालाई न्याय दिलाउन हामी लागि पर्ने छौं,’ उनले भने, ‘अहिले उनकै दाईले दिदीकहाँ छ नी भनेपछि हामी ढुक्क भएका हौं ।’

धनुबास कालिका मावि, छाचाेक

 

झुटो आरोप लगाइयो

लालबहादुर गुरुङ (अध्यक्ष, मादी गाउँपालिका वडा नम्बर–७)

मलाई लगाइएको आरोप सरासर गलत हो । घटना वैशाख १४ गते शुक्रबार राति घटिएको भनिएको छ । त्यसको भोलिपल्ट शनिबार १५ गते बिहान गाउँमा कचहरी पनि बसेर वडाध्यक्षले चेलिलाई स्विकार गरेको भन्ने गलत प्रचार हो ।

म कुनै पनि कचहरीमा समावेश भएको छैन । वडाको पहलमा निर्माण गरिएको छाचोक सामुदायिक भवन निर्माणको क्रममा भएकोले त्यसको अनुगमनको लागि भवनमा उपस्थित भएको थिए । त्यस भवनमा गाउँपालिकाको आर्थिक सहयोगमा युवाहरुलाई वायरिङ तालिम संचालन भईरहेको छ ।

मलाई केही गाइँगुई हल्ला चलेको भन्ने थाहा पाए पछि हल्लाको पछि नलाग्न अनुरोध गरे । जुन पीडित भएको भन्ने नारी छन् उनी मिल्ने साथिको घरमा जाँदा वडाध्यक्षले विहे गर्यो भन्ने आरोप लगाए ।
हुँदै नभएको घटनालाई बढाईचढाई गरी चरित्र हत्या गर्न खोजेको भनेर जुन मिडियाले पीडित भन्नु भएको छ ।

उसलाई आफ्नो दिदीले चरित्र हत्या गर्न खोजे भनी पढ्दै गरेको बहिनीलाई वातावरण पनि राम्रो नभएकोले पोखरा लगेर पढाएको रहेछन् । पोखरा गएको चेलिलाई मिडियाले वडाध्यक्षले बेपत्ता बनायो । थर्कायो, धम्कायो भन्ने झुटा आरोप लाग्दा अचम्मित भएको छु ।

वडाध्यक्षसँग त्यो चेलिलाई एउटै कोठामा देखेको हो । बाइकमा सँगै लिएर हिडेको देखेको भन्ने कोही छ भने मलाई देखाइदिनुस् ।

भोलिपल्ट जुन कचहरी भनीएको छ । त्यहाँ कुनै कचहरी भएको होइन । म भवनको अनुगमनका लागि गएको थिए । मलाई त्यहाँ केही व्यक्तिले यस्तो यस्तो सुनेका छौं भनेपछि यसरी बदनाम नगर म अविवाहित मान्छे हुँ । अविवाहित त्यसमाथि पनि उमेर नै नपुगेका नानीहरुसँग नाम जोडेर हल्ला गरिदा समाजमा नकारात्मक सन्देश प्रवाहित हुने भनेर सचेत समेत गराएको हुँ ।

यदि भोलि मलाई लागेको जुन झुटा आरोप छ । कसैले प्रमाणित गर्न सक्छ भने म धन्यवाद दिन्छु । म जिम्मेवार मानिस हो । म वडा प्रतिनिधि पनि भएको नाताले सबै वडाबासीको संरक्षण गर्नु दायित्व हुन्छ । म यस विषयमा सचेत छु । मैले गल्ति गरेको छैन् ।

मेरो काम कारवाही प्रति सबै वडाबासी खुसी नहुन पनि सक्छन् । त्यसकारण पनि मलाई गिराएर चरित्रहत्या गर्ने उद्देश्यले यस किसिमका भ्रमात्मक प्रचार गरिएको भन्ने मेरो बुझाई छ ।

पीडित भनिएको चेलि र परिवारले यो घटना होइन भनेका छन् । मलाई जुन आरोप आईसकेपछि गाउँपालिका अध्यक्षसँग सम्पर्क मार्फत राजिनामा दिएर कानुनी उपचारमा जान्छु भनेको थिए । उहाँले हल्लाको पछि नलागी काम गर्न सुझाव दिनुभयो ।

हामी कानूनको पालना गर्ने मान्छे हो । हामीले नै नियम कानून मानेनौं भने के सन्देश जाला ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...