काठमाडौँ (रासस)
पछिल्लो समय न्याय क्षेत्र घुस लिने र दिने स्थान भएको भन्दै वक्ताले आपत्ति जनाएका छन् ।
नेपाल ल क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीले आज कानून दिवसको अवसरमा आयोजना गरेको २०७४ सालमा न्यायालय फर्केर हेर्दा विषयक अन्तक्र्रिया कार्यक्रममा नागरिकले सोचेजस्तो न्यायालय नभएको बताएका हुन् ।

कार्यक्रममा पूर्वन्यायाधीश एवं राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले न्यायापालिकामा हुने गरेको बेथितिलाई कम गर्नका लागि छुट्टै संरचना बनाएर अघि बढ्न सुझाव दिए।
बत्तीस वर्ष अधिवक्ता भएर सेवा दिएका वस्तीले न्यायालयप्रति जनआस्था कम हुदैँ गएकामा न्यायालयले मूल्याङ्कन गर्ने र कुनै पनि पार्टीको सदस्यता बोकेको व्यक्तिलाई न्यायालयमा काम गर्नको लागि दिने वा नदिने भन्नेबारे पनि विचार गर्नुपर्नेे धारणा राखे।
अधिवक्ता डा सुरेन्द्र भण्डारीले २०७४ मा न्यायालय सम्झनलायक पनि नभएको भन्दै पार्टीगत रुपमा न्यायालय सञ्चालन गर्ने हो भने पूर्णरुपमा बन्द गरिदिए हुन्छ । डा भण्डारीले थपे , “पार्टीगत रुपमा स्थापित न्यायालयले नागरिकको लागि नभई सम्बन्धित पार्टीको लागि मात्र कार्य गर्छ ।”
नेपाल ल क्याम्पसका प्राध्यापक डिएन पराजुलीले २०७४ साल न्यायालयको लागि दुभाग्यको वर्ष रहेको बताए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.