www.tandavnews.com
Fact ~ In search of truth

शुक्रबारदेखि ‘मनाङ्गे नानी’ को प्रदर्शन

पोखरा,
विनिता सुनार, ताण्डव न्यूज ।

शुभेच्छ फिल्म प्रोडक्सन प्रा.लि को प्रस्तुतिमा बनेको फिल्म ‘मनाङ्गे नानी’ यही बैशाख २८ गते देखि प्रर्दशनमा आउने भएको छ ।

फिल्मको प्रमोशनको क्रममा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्माता गौतम गुरुङले पर्यटकीय क्षेत्रमा गएर सुटिङ गरिएको सुनाए । ‘भाषिक फिल्म थुपै बनाए अब पर्यटकीय क्षेत्रको रुपमा चिनिएको मनाङलाई फोकस गरिएका छौं,’ उनले भने, ‘ फिल्मको प्रतिक्रिया राम्रो आउने छ ।’ उनले फिल्ममा मनाङे परिवेशलाई देखाउन खोजेको सुनाए ।

Batas

झन्डै ५० लाखको लगानीमा तयार भएको फिल्मको ७५ प्रतिशत छायांकन मनाङमा गरिएको हो । यसको अलावा पोखरा, तनहँु, योङलोङ हिमालमा छायांकन गरिएको फिल्मका निर्देशक खुसबहादुर गुरुङले जानकारी दिए ।

फिल्ममा भिम गुरुङ, शाान्ति गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । म्युजिक भिडियो गदै आएकी शाान्तिको यो डेब्यु फिल्म हो । उक्त फिल्म २८ गते पोखराको विन्दवासिनी सिनेमा हलमा प्रदर्शन हुनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.