www.tandavnews.com
Fact ~ In search of truth

सेफदेखि भैसी फार्मसम्म…

पोखरा
ताण्डव न्यूज ।

२०७५ साल लागेसँगै उनी ५४ वर्षका भए । तर उनलाई झट्ट हेर्दा उतिसाह्रो उमेरको देखिदैन् ।

कालो कपाल, चिल्लो अनुहारले उनको जवानी अझै ताजै बनाएको छ । बिहानदेखि साँझसम्म काममै व्यस्त उनी उत्तिकै मजासिलो स्वभावका पनि छन् । उनी दिनहुँजसो गाईभैसीको स्याहारसुसारमै लागि पर्छन् ।

Batas

सधैंजसो बिहान साढे ३ बजे उठी झिसमिसेको उज्यालोमा आँखा मिच्दै आफ्नो कामको थालनी गर्छन् । सूर्यले बिहानको किरण छर्ने बेलामा त उनले सहरलाई फन्को मारिसकेका हुन्छन् ।

पोखरा–लेखनाथ ३२ मा ‘ढोरवेंशी भैसी फार्म’ सञ्चालन ल्याएका माधवप्रसाद धमला २५ वटा भैसी र गाईका मालिक हुन् । ०७१ सालबाट दुइवटा भैसी र एउटा गाईबाट व्यवसाय सञ्चालन गरेका धमला माग अनुसार गाइवस्तु थप्दै गएको सुनाउँछन् ।

व्यवसायको चार वर्ष पूरा नहुँदै उनले ठूलै छल्याङ मारेका छन् । उनले फार्मबाट गरेको आम्दानी साच्चिकै नेपालमा केही गर्नुपर्छ भन्नेहरुको लागि गतिलो उदाहरण बनेको छ । मासिक तीन लाख रुपैयाँ फार्मबाट आम्दानी गर्ने धमलाले ढेड लाख रुपैयाँ बचाउँछन् ।

‘कमाइ निकै राम्रो छ । यो व्यवसाय कसैको दबाब बिनाको व्यवसाय हो । कसैसँग गुलाम गर्नुपर्दैन्, आफ्नै हातमा कति कमाउने भन्नेमा भर पर्छ,’ उनले सफलता किस्सा सुनाए ।

भैंसीलाई खुवाउने दाना चोक्कर, पराल, घासमा नै उनको खर्च छ । युवा सरोजगारमामा अनुदानको लागि फारम भरेपनि पैसा पाएका भने छैनन् । ‘फारम भनेको थिए सायद मापदण्ड पुगेनी होला’ उनी भन्छन् । उनले हरेक भैसी र गाईको बीमा समेत गरेका छन् । फार्म सफा र स्वस्थ राख्नको लागि हरेक समय खटिरहन्छन् ।

अहिले उनको फार्मबाट ११ वटा भैसी र तीनवटा गाईको दूध बिक्री हुन्छ । उनै आफै विक्रीको लागि गाडि हुइकयाएर ठाउँ–ठाउँमा पुग्छन् । लेखनाथको तालचोकदेखि लेकसाइडसम्म उनले दैनिकरुपमा दूध बिक्री गर्छन् ।

आफ्नै फार्मबाट ९५ लिटर र बाहिरबाट २५-३० लिटर सगाँलेर हरेक बिहान ग्राहकको घरदैलोमा पुग्ने उनको दैनिकी बनिसकेको छ । दूध बिक्री वितरणमा क्वालिटी अनुसार गरियो भने चुनौती नहुने उनको बुझाई छ ।

उनको फार्मबाट दूध मात्र होइन मल पनि उत्तिकै मात्रामा बिक्री हुन्छ । ‘मलमूत्र त झन पु¥याउनै सकिदैन् । पाँच हजार रुपैयाँ ट्याक्टरमा बिक्री हुन्छ,’ उनी सुनाउँछन् ।

दूधको लागि निश्चित समय हुने भएपनि मलको लागि जुनसकै समय बिक्री भइरहने उनीको अनुभव छ । उनका अनुसार दूधको लागि अहिले अफसिजन हो । दूधको लागि साउन भदौबाट सिजनेवल रहने उनको भनाई छ । भन्छन्, ‘किनकी यतिखेर प्राय भैसीहरु दूध दिन थाकिसकेका हुन्छन् ।’

कुकदेखि विदेशसम्म

उनले सुरुदेखि नै फार्म सञ्चालन भने गरेको होइनन् । उनको व्यवसायको सुरुआत कुकबाट हो । काठमाडोैको सोल्टी ओभाराइजमा १० वर्ष कुकमा काम गरे । त्यसपछि उनी लेखनाथ फर्केर स्कुलको स्थापना गरे ।

स्कुलमा पनि विस्तारै पैसाको अभाव हुन थालेपछि के गर्ने कसो गर्ने भन्ने पिरलो हुन थाल्यो । विदेश जाने सोंच बनाए । उनको योग्यता र क्षमताले सक्ने जागिर साउदी अरबमा खोजेको थाए पाए ।

त्यहाँ उनले क्यान्टिनमा ११ वर्ष काम गरे । कमाई पनि राम्रै थियो । सुरुमा खासै धेरै नभएपनि पछि महिनाको डेढ लाख रुपैयाँ कमाउँथे । कुकको लामो अनुभव सगाँलेका धमला रहर पूरा भएपछि नेपाल फर्केको बताउँछन् ।


साउदी अरबबाट क्यान्टिनको जागिर छोडेर नेपाल आएपछि फार्म हाउस सञ्चालन गर्ने योजना बुने । गाउँमै गाई फार्म सञ्चालन गर्ने भनेपनि लिडिङ गर्ने व्यक्तिको अभावले रोक्किएको थाहा पाएपछि उनले नेतृत्व लिए ।

‘ढोरवेंशी गाईपालन कृषि सहकारी संस्था’ मा अध्यक्ष भएर ४२ लाख लगानीमा गाईपालन सुरु गरे । गाईपालनबाट घाटा हुँदै गएपछि संस्था बन्द गर्ने निर्णय हुन थाल्यो । तर उनले बन्द गर्नु भन्दा पनि व्यवस्थापन पक्ष फेरिएर चलाउने प्रस्ताव राखे । घाटा सहनुभन्दा बेच्नु ठिक हो भन्ने संस्थागत निर्णय भएपछि उनको केही लागेन ।

संस्थाबाट गाईपालन गर्ने रहर पूरा नभएपनि आफै लगानी गरेर फार्म सञ्चालन गर्ने निधो गरे ।

अहिले एक्लै व्यवसाय सञ्चालन गरेका धमला प्रसन्न छन् । उनले यत्ति एउटा कुरा भने पिर छ, ‘काम गर्ने व्यक्तिको अभाव ।’ भन्छन्, ‘काम गर्नको लागि मान्छे नै पाइदैन् । सबै ठाउँमा आफै खटिएर कति भ्याउन सकिन्छर खै ।’

एक जनालाई फार्ममै रोजगार समेत दिएका धमला समय र स्वास्थ्यले साथ दिए सम्म यसैमा रमाउने योजना छ । दैनिक हजारौं युवाहरु विदेश जानभन्दा पनि यस्तै फार्म सञ्चालन गरे धेरै फाइदा हुने उनी सुझाउँछन् ।

प्रस्तुति : सन्तोष सुवेदी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.