पोखरा
ताण्डव न्यूज ।
पोखरा १६, फुलबारीबाट पोखरा २०, भलाम हुँदै पोखरा १६, बाटुलेचौर जोड्ने सडकमा बिहीबार बाटो विस्तारको क्रममा जेसिभी चालकसँग सामान्य भनाभन हुँदा बद्नियत पूर्वक फसाइएको यादव गौतमले गुनासो गरेका छन् ।
सामान्य सोचेको कुराले ठूलो रुप लिएको उनले ताण्डव न्यूजलाई बताए । ‘नातामा भाई पर्ने हो,’ उनले भने, ‘सामान्य कुरा थियो । ठूलो रुप लियो ।’

आफू गलत नियतले गाउँघरमा उपस्थित नभएको उनले बताए । ‘म विकास विरोधी होइन,’ उनले भने, ‘भलामको विकासको हरेक पाटोमा मेरो पनि साथ र समर्थन रहँदै आएको छ ।’ हरेक विकासका सन्दर्भमा आफू अग्रस्थानमा उभिदैँ आएको उनले बताए ।
‘स्थानीय तहको चुनावमा वडा नम्बर २० बाट पराजित भएपनि काम गरेर जनताको मन जितेको छु,’ उनले भने, ‘गाउँमा अन्यायमा परेका जनताको पक्ष लिदाँ समेत मलाई विभिन्न थरीका आरोप लगाउँदा अचम्मित भएको छु ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.