www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चारका सभामुख अधिकारी ‘आइसियु’मा , मणिपालबाट न्यूरो अस्पताल रिफर

पोखरा (रासस)

प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि आज बिहान हेलिकप्टरद्वारा ललितपुर लगिएकोछ ।

निवासको शौचालयमा अचानक लडेर टाउँकोमा गम्भीर चोट लागेका सभामुख अधिकारीको अहिले ललितपुरस्थित मेडिसिटी न्यूरो अस्पताल भैँसेपाटीमा उपचारार्थ भर्ना गरिएको उनका स्वकीय सचिव लोकराज आचार्यले जानकारी दिए ।

Batas

उनका अनुसार सभामुख अधिकारीको टाउँकोमा रगत जमेको देखिएपछि अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेकोछ ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा बालगोपाल शर्माको नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको बताउँदै स्वकीय सचिव आचार्यले भने , “उहाँका स्वास्थ्यमा क्रमिक सुधार भइरहेकोछ ।”

शुक्रबार दिउँसो ४ बजे लडेर घाइते हुनुभएका सभामुख अधिकारीलाई उपचारका लागि तत्काल पोखरास्थित फेवासिटी र मेट्रोसिटी अस्पताल हुँदै मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.