www.tandavnews.com
Fact ~ In search of truth

मृगौलाको उपचार गराइरहेकी एञ्जीलालाई फेसबुक ग्रुप ‘हाम्रो पोखरा’को सहयोग

पोखरा
ताण्डव न्यूज ।

समाजिक संजाल फेसबुकमा गठन गरिएको ग्रुप ‘हाम्रो पोखरा’ले एञ्जिला गुरुङको मृगौलाको उपचारकालागि सहयोग गरेको छ । १८ वर्षीय गुरुङको दुवै मृगौलामा खराबी देखिएपछि लेकसिटी हस्पिटलमा उपचार भइरहेको छ ।

स्याङ्जा भिरकोट स्थायी घर भएकी एञ्जिला जिरो किलोमिटर बस्दै आएकी छिन् । उनको पारिवारको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा कठिनाई भएको जनाकारी प्राप्त भएपछि ग्रुपका सदस्यहरु सहयोग जुटाउन लागीपरे ।

Batas

वैशाख १ गते विन्ध्यावासिनी मन्दिर परिसरबाट आर्थिक संकलन सुरु गरेको ग्रुपले आज शनिबारसम्म ५५ हजार ५५ संकलन गरेको छ ।

संकलीत रकम पोखरा हेल्पफुल हेण्ड्सकी अध्यक्ष तपस्या गिरी र ग्रुपका सदस्यहरुले आजै गुरुङ परिवारलाई हस्तान्तरण गरे ।

आर्थिक सहयोग संकलनका लागि हाम्रो पोखरा फेमीली काठमाण्डौं र फेसबुक फोटोजेनीक पिपुल्स, हेल्पफुल हेण्ड्सका सदस्यहरुको सहकार्य रहेको थियो ।

ग्रुपले आगामी दिनमा पनि सहयोगका कार्यक्रमहरु जारी राख्ने हाम्रो पोखराकी एड्मीन एवं सहयोग संकलन कार्यक्रमकी संयोजक अञ्जना पौडेलले बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.