www.tandavnews.com
Fact ~ In search of truth

जीवनका कसमहरू…

सुमित्रा भट्टराई

 

बाल्यकालमा छँदा थरी थरीका कसम खाईन्थे । साथी साथी बिच, परिवारमा दाजुभाई र दिदीबहिनी बिच, छर छिमेकमा ।

कसममा यति विश्वास थियो की साथीहरूले प्रमाणित गराउनुप¥यो भने कसम खा त खै भनेर हुरूक्कै पार्ने । विद्यालयमा हुँदा नयाँ–नयाँ कसम खाने, बाध्यता आईपरेपछि अन्तिम अवस्थामा कसम नै खानुपर्ने अवस्था हुन्थ्यो ।

Batas

त्यसबेला चल्तीका कसमहरू : विद्यानष्ट, माँ कसम, धरोधर्म, कस्सम, विद्यानाश आदी आदी । रमाईलो कुरा त भर्खरै शिशुमा भर्ना भएकाले नि तोतेबोली बोल्दै कस्सम भनेको सुन्दा लाग्थ्यो । विद्या र शिक्षाको बारेमा थाहा नपाउँदै साथीहरूले विद्यानाश गरिसक्थे ।

कोही जाँचमा फेल भएमा धेरै विद्यानाश भनेको भएर तैँले पढ्न नसकेको हो, भन्थ्यौँ र उसलाई जिस्काउँथ्याैँ । कसम खाने बानी परेका मेरा साथीहरूले विद्यालयमा गृहकार्य ल्याउन भुल्दा शिक्षकलाई नै विद्यानष्ट सर वा मिस होमवर्क त गरेको थिएँ ल्याउन भुलेछु भनि भ्याउँथे । अनि होमवर्क नल्याएको सजायमा कसम खाएको सजाय बोनस स्वरूप पाउँथे ।

मादकपदार्थ लिनेहरू वा धुम्रपान प्रयोगकर्ता अलि बढी कसम उल्लंघनकर्ता । कसैको थेगो नै हुन्छ आजको पेग अन्तिम पेग अब भोलीबाट केही लिन्न केही छुन्न ।

मेरा थारु साथीहरूले खाएको कसम अलिक अनौठो लाग्थ्यो । कुनै कुरालाई प्रमाणित गर्नुपरे उनीहरूले ‘गौ खाईसे’ भन्थे । ‘गौ खाईसे’ अर्थात् यो कुरा झुठो भए मलाई गाई खाए बराबर पाप लागोस् । हिन्दू धर्मावलम्बीको देश भनेर चिनिएको देशमा त्यसबेला मेरा साथीहरूले जे जानेका थिए त्यही कसम खान्थे । अझै पनि थारु समुदायमा कसम खाँदा गौ खाईसे नै भन्ने चलन छ ।

कसमप्रति साह्रै ठुलो विश्वास उसबेला । जसरी अदालतमा गितालाई छोएर कसम खान्छु भनेर आरोपितहरूले बयान दिन्थे सिनेमातिर हामी उसैगरी कसम खान लाउँथ्यौँ । साथीहरू कक्षाकी गितालाई छोएर कसम खाईदिन्थे । साथी गिता रिसाएर चण्डी भईदिन्थिन । कसमका नाम पनि थरी थरीका । कसम, किरीया, सपथ आदी मैले सुनेका नाम । अंग्रेजीमा प्रमिस पनि उही हो ।

नवनियुक्त मन्त्री परिषदमा संयुक्तको सपथ होस् या प्रधानमन्त्रीकै सपथ अथवा जुनसुकै निजामति कर्मचारीले पनि सेवा प्रवेश गर्नु अघि सपथ खान्छन् । प्रेमी जोडीहरूले प्रेममा कसम खान्छन् । विवाहमा पनि मण्डपमै कसैले अनुभव नगरेको सातजन्मसम्मको लागि सँगै हुने बन्धन बाँधिन्छ सपथ खुवाएझैँ गरी हिन्दू धर्ममा । सपथ आफैमा आचारसंहिता हो ।

जसको उल्लंघन गरेमा पाप वा हानी हुन्छ भन्नेमा हामी विश्वास गर्दछौँ । पाप वा हानीको डर देखाई व्यक्तिले आचारसंहिता उल्लंघन गरेमा भगवानको त्रास् जोड्छौैँ जसका कारण हामी खराब कर्म वा मार्गबाट आफूलाई टाढा राख्ने कोसिस गर्छौँ ।

मादकपदार्थ लिनेहरू वा धुम्रपान प्रयोगकर्ता अलि बढी कसम उल्लंघनकर्ता । कसैको थेगो नै हुन्छ आजको पेग अन्तिम पेग अब भोलीबाट केही लिन्न केही छुन्न । हामीले हेर्ने टेलिसिरियलहरूमा जस्तै : पति मदिराले लठ्ठ भएर आउँछ, पत्नी ढोकामा झाडु लिएर पतिको स्वागतका लागि कुरेर बसेकी हुन्छिन् ।

घर भित्र पस्न नपाउने डरले पतिले कसम खान थाल्छ, आज अन्तिम हो भोलीदेखि हुने छैन भन्दै, त्यस दिन गृहप्रवेश पाउँछ भोलीबाट उही दैनिकी । अघिल्लो दिनमा भाकेका देवीदेउता भोलीपल्ट फिलीली । अघिल्लो दिनको कसम भोलीपल्ट के टिकोस् ।

आफूलाई सत्य सावित गराउन हामी कहिलेकाहीँ झुठा कुराका लागि पनि कसम खाईदिन्छौँ । अरूले त पत्याउँछन् । आफ्नै अन्र्तआत्मा भने पिरोलिइरहेको हुन्छ । अरूलाई त विश्वास दिलाउनु तर आफ्नै मनलाई के गरी ढाँट्नु जस्तो ।

अथवा सत्य कुरा कसैले पत्याइदिएन भने पनि आफू साँचो हुँ मलाई विश्वास गर भनेरै कसम खाइन्छ क्यार । थाहा छैन कहिले देखि सुरू भयो यो कसम खाने चलन । हिजो जान्दा देखि थियो अहिले पनि छ र सायद चलिरहनेछ ।

आफू चोख्याउने चलन, कसम खाने चलन । रामकृष्ण ढकालको गितमा भनिएझैँ बचन र कसम नतोडिउन, युगौँ युग रहिरहोस् ।

 

[email protected]

Twitter : @farsumitra

लेखकबाट थप

थरी थरीका नामहरू

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.