www.tandavnews.com
Fact ~ In search of truth

साताको राशिफल : राशि अनुसार आफ्नो भाग्य हेर्नुहोस् (वैशाख २३-२९)

पोखरा
ताण्डव न्यूज ।

 

मेष

अवसर प्राप्त भए पनि तत्काल उपलब्धि नहुन सक्छ । अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला। कामले विभिन्न अवसर दिलाउनेछ । मिहिनेत गर्दा नाम र दाम र इनाम प्राप्त हुनेछ। विभिन्न क्षेत्रबाट फाइदा उठाउन सकिनेछ ।

Batas

होसियार नहुँदा आफ्नो लाभांश बाहिरिने सम्भावना छ। आम्दानी हुनासाथ खर्च गर्नुपर्ने हुन सक्छ। सप्ताहान्तमा यात्राको प्रक्रिया अघि बढे पनि ठगी गर्नेहरूको सञ्जालबाट विशेष सतर्क रहनुहोला । तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ।

वृष

प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। काममा मिहिनेत परे पनि विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्।

विशिष्ट व्यक्तिको सहयोग जुट्नाले राम्रै अवसर पाइनेछ। लगनशीलताले गुमेको स्थान दिलाउनेछ। दिगो फाइदा हुने काम शुभारम्भ गर्न सकिनेछ। सप्ताहान्तमा अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि व्यवसायमा आम्दानी बढ्नेछ।

मिथुन

प्रारम्भमा केही चुनौती पनि देखिनेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ।

साताको उत्तरार्द्धमा केही अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू पनि फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। खर्च लागे पनि आयस्रोत बढाउन सकिनेछ।

कर्कट

प्रारम्भमा मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिने सम्भावना देखिन्छ। मंगलवारदेखि परिस्थितिवश समस्यामा परिएला। विरोधीहरू बढ्नाले चुनौती देखापर्न सक्छ।

तापनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। नजिकका साथीभाइ टाढिनाले समस्या बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी देखापर्नेछ। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ।

तापनि, सप्ताहान्तमा स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैली सुखद् बन्नेछ।

सिंह

प्रारम्भमा प्रतिस्पर्धीहरूले दुख दिए पनि व्यवहारमा राम्रै अवसर हात पार्न सफल भइनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर वादविवादमा अघि नसर्नुहोला।

भैपरी आउने समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। हुलमुलमा धनमाल जोगाउने चेष्टा गर्नुहोला। झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला।

कन्या

प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। केही काम रोकिए पनि व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वतस् प्राप्त हुनेछ।

व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ। सप्ताहान्तमा भौतिक साधन जुट्नाले रोकिएको काम बन्नेछ। अरूको बहकाउमा परिनाले केही काम बिग्रन सक्छ।

तुला

कृषि तथा पशुपालनमा फाइदा हुनेछ। प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिएलान्। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ। प्रतिस्पर्धीलाई कमजोर ठान्दा पछि परिएला।

ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। तापनि प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। राम्रो नतिजाका लागि विवेकले काम लिनुहोला। अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।

वृश्चिक

जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नुहोला। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। प्रतिस्पर्धाले खर्च बढाउन सक्छ। साइनो गाँस्नेहरूले पनि दुःख दिन सक्छन्।

स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिको बन्धनमा परिए पनि हिम्मतले काम लिनेहरूलाई फाइदै हुनेछ। सप्ताहान्तमा केही घरेलु काम सम्पादन हुनेछन्। आर्थिक अभाव देखिए पनि भौतिक साधन जुटाउन सफल भइनेछ। (नेपाली पात्रो)

धनु

घरेलु समस्यामा अलि सावधान रहनुहोला। सुरुमा शुभचिन्तकहरूलाई बेवास्ता गर्दा पनि अलि दुःख पाइनेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने प्रयत्न गर्नुहोला। मंगलवारदेखि विभिन्न अवसर प्राप्त होलान्।

हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजनाहरू भने गोप्य राख्नुहोला। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। शुक्रवारदेखि आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। अध्ययनमा धेरै समय दिन नसकिएला।

मकर

इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्त गर्न सकिनेछ। सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ। तर मंगलवारदेखि परिस्थिति अलि असहज बन्न सक्छ। बोली(व्यवहारमा सजग रहनुहोला।

अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ। भौतिक साधनको कमीले पनि अप्ठ्यारो पर्न सक्छ। सहयोगीहरूले साथ दिनेछन्। तापनि, साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ।

बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। गोपनीयतामा ध्यान दिनुहोला

कुम्भ

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। बुधवारदेखि आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। राम्रै लाभ हुने कामको जिम्मेवारी प्राप्त हुनेछ। तर सप्ताहान्तमा आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। ठूलो भागको आशा राख्दा हानि हुन सक्छ।

मिन

सुरुमा आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.