www.tandavnews.com
Fact ~ In search of truth

डेडपुल टु @ पोखरा : ‘फ्यान फलोअर्स’लाई मध्यनजर गर्दै ‘फ्यान स्क्रिनीङ’

पोखरा
ताण्डव न्यूज ।

एप्पल इन्टरटेन्मेन्ट प्रालिले पोखरामा पहिलो पटक अंग्रेजी फिल्म ‘डेडपुल–२’ को विशेष प्रदर्शन (फ्यान स्क्रिन) गर्न लागेको छ ।

जेठ १ गते पोखरेली दर्शकका माझ क्यूएफक्स सिनेप्लेक्समा विशेष शोको आयोजना गर्न लागेको हो । यो शो उक्त फिल्म विश्वभर प्रदर्शन हुनभन्दा तीन दिन अघि प्रदर्शन गर्न लागिएको वैशाख २५ गते मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

Batas

प्रालिले विगतम किंस म्यानः दि गोल्डेन सर्कल, दि बोस बेबी, लोगन, स्पाइडर म्यान होम कमिन एण्ड जुमानजीः वेलकम टु दि जंगल चलचित्रहरु राजधानीमा प्रिमियर गरिसकेको छ ।

हाल नेपालमा चलचित्र वितकर मध्ये अग्रणी स्थानमा रहेको सेवा प्रदान गरिरहेको कम्पनीका विजनेश हेड जेनिश पहारीसँग ताण्डव साप्ताहिकका बरिष्ठ संवाददाता ईश्वर देवकोटाले गरेको कुराकानी :

एप्पल इन्टरन्मेन्टले कसरी फिल्मी बजारलाई व्यवस्थित गरेको छ ?

हाम्रो कम्पनी सन् २००८ मा स्थापना भई हलिउड र बलिउड फिल्महरु नेपाली हलहरुमा वितरण गरी सञ्चालन गर्दै आइरहेका छौं । गत वर्ष देखि फक्स स्टुडियो र सोनी पिक्चर्सको नेपालका लागि आधिकारिक वितरक नै हौ ।

उल्लेखीत व्यानरमा निर्मित फिल्महरु नेपालमा हामी मार्फत नै वितरण हुँदै आएको छ ।

पब्लिसिटी राइट एप्पलले लिएको हो । त्यसैगरी वाल्ट डिज्ने स्टुडियोज, वार्नर व्रोस युनिभर्सल पिक्चर्स, पिभिआर पिक्चर्स, पारामाउण्ट पिक्चर्स, तनवीर मुभी तथा अन्य स्टुडियोका चलचित्रहरु वितरण गर्दै आएका छौं ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा हलिउड फिल्मको बजार कस्तो पाइरहनु भएको छ ?

नेपालको सन्दर्भमा हलिउडको फिल्म बजारको कुरा गर्दा उपत्यका र उपत्यका बाहिर भनेर वर्गीकरण गरेका हुन्छौं हामीले ।

काठमाडाै उपत्यकाको हकमा हलिउड मुभिले बजारको राम्रो हिस्सा ओगटि रहेको छ । केही समय पहिले हलिउड मुभिमा मार्केट एनालाइसिस ¥याङकमा तेस्रो थियो भने अहिले दोस्रोमा स्थान पाइरहेको छ ।

हलिउड फिल्म नेपाली दर्शकलाई देखाउनका लागि फिल्मको गुणस्तर अनुरुपको हल पनि आवश्यक हुनुपर्छ नी होइन र ? हाल नेपालमा कति हलले त्यस किसिमको क्राइट एरिया मिट गरेको छ ?

काठमाडौं भित्र केही हलहरुले आफूलाई त्यस किसिमको मुभि शोको लागि हलको पूर्वाधार र गुणस्तरियतामा ख्याल गरेर अपग्रेड हुँदै छन् । हामीले ल्याउने मुभिहरु सामान्यतया ‘टुके’मा बनेको हुन्छ ।

‘टुके’ छ भने त सबैले पाइहाल्यो । पहिलेजस्तो छैन् । हाल हलिउड मुभिले ‘टुके’, ‘फोरके’ मा निर्माण भएका हुन्छन् । न्यूनतम लेवल तोकेको छ । सोही अनुसारको हलको पूर्वाधार पनि हुनुपर्छ ।

विशेषतः हलिउड फिल्म काठमाडौ, पोखरा, नारायणगढमा केही मात्रामा बजार पाएको भन्ने सुन्नमा आउँछ । अन्य सहरहरुमा दर्शक नै नभएको की तपाईहरु पुग्न नसक्नु भएको ?

हलिउड मुभिको मुख्य बजार भनेको त नेपालमा काठमाडौं, पोखरा र नारायणगढ नै हो ।

नेपालगञ्जमा हलिउड मुभि देखाइरहेका छौं । पूर्व देखि पश्चिमका मुख्य सहरहरुमा पनि हल विस्तारको क्रममा नै छन् त्यसपछि पनि हाम्रो उपस्थिति रहने नै छ ।

कस्ता खालका हलिउड फिल्म बढी हेर्ने (बिक्ने) गरेको पाइन्छ ?

एक्सन नै धेरै बिकेको पाएको छु । कमिक पनि उत्तिकै मन पराउनुहुन्छ । फ्रेन्चाइज मुभि, हरर फिल्म पनि नेपाली दर्शकले रुचाउनु हुन्छ ।

डेडपुल–२, फ्यान स्क्रिनीङका लागि पोखरा नै रोज्नुको कारण केही छ ?

हामीले काठमाडौंमा फ्यान स्क्रिनिङ देखाई रहेका छौं । पोखरामा पहिलो पटक फ्यान स्क्रिनिङ देखाउन लागेका हौं । पोखरामा हलिउड मुभिको दर्शकहरु बढ्दै गएको हाम्रो तथ्यांकले देखाएको छ र त्यसैलाई मध्यनजर गर्दै पोखराको दर्शकलाई यो अवसर प्रदान गर्न लागेका हौं ।

पोखराको फिल्म बजारलाई कसरी चित्रित गर्नु हुन्छ ?

पोखरा काठमाडौं उपत्यका बाहिर एक नम्बरमा पर्दछ । यहाँ नेपाली, हिन्दी वा हलिउड मुभि सबैले राम्रो कलेक्सन गरेको हुन्छ ।

फ्यान स्क्रिनमा दर्शकले सम्झन लायक त्यस्तो के पाउँछन् ? टिकेटिङ कसरी गर्दै हुनुहुन्छ ?

फ्यान स्क्रिनीङमा विशेष गरी हलिउडका कमिक मुभि, मार्वल मुभिका हाडकोर फ्यानहरु हुन्छन् । त्यस्ता मुभिका फ्यान फलोअरहरुलाई मध्यनजर गर्दै फ्यान स्क्रिनीङ गरिन्छ ।

फस्ट डे फस्ट शो हेर्ने भने जस्तै फ्यान स्क्रिनीङमा पनि चाहना हुन्छ । रिलिज डेट भन्दा पहिले नै हेर्न पाउने अवसर । मे १८ मा वल्र्डवाइड रिलिज हुँदै छ ।

तर हामीले पोखरामा केही पहिले नै डेडपुल–२ को फ्यानहरुलाई फिल गुड बनाउन यो कन्सेप्ट ल्याएका हौं । यो भनेको इन्टरटेन्मेन्ट सेलिबे्रशन नै हो भन्दा हुन्छ । टिकट हामीले १ हजार निर्धारण गरेका छौं ।

त्यसमा पपकर्न र कोक पाउनुहुनेछ । हलिउडबाट नै आएको मर्चेन्टाइजहरु हामी सो अवसरमा वितरण पनि गर्ने छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.