www.tandavnews.com
Fact ~ In search of truth

नाटक ‘बितेका कुरा’ मञ्चन तयारी पुरा

पोखरा ।

जेठ ३ गते बिहिबारबाट गैह्रापाटनमा रहेको पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक ‘बितेका कुरा’ मञ्चन तयारी पुरा भएको छ ।

रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गर्दैछन् । नाटकको परिकल्पना समेत कार्कीले गरेका हुन्। पोखरा थिएटरको दोस्रो प्रस्तुतीको रुपमा यो नाटक मञ्चन हुन लागेको हो ।

Batas

नाटकलाई उत्कृष्ट बनाउन कलाकारले गरेको मेहनतका कारण दर्शकको मन जित्ने अपेक्षा थिएटरले गरेको छ ।

नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिव सहित दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिमिल्सिना, सिम्रन पौडेलले अभिनय गर्दैछन् । एक घण्टा लामो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ ।

सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ ।

पोखरामा नियमीत नाटक मञ्चन गर्ने योजनाका साथ आफुहरुले काम गरिरहेको थिएटर सञ्चालक दिल प्रसाद गुरुङले बताए । थिएटर अध्यक्ष परिवर्तन कार्कीले पोखरामा नाट्य गतिबिधि बढाउने कार्यमा अगाडी बढ्दै गर्दा दर्शक तथा शुभचिन्तकबाट प्राप्त सर्पोटले उर्जा थपेको बताए ।

पोखरा थिएटरको पहिलो प्रस्तुतीमा मञ्चन भएको नाटक सिरुमारानीबाट दर्शकको अपार माया पाएकोले पनि दर्शकको साथ पुःन पाउनेमा उनीहरु आशावादी छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.