पोखरा ।
सामुदायिक विद्यालय साविकको उच्च माध्यमिक तह कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूको साझा छाता संगठन नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियन पोखरा लेखनाथ महानगरको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
पेखरा महानगर भित्र रहेका मावि तह कक्षा ११ र १२ मा अध्यापनरत सम्पुर्ण शिक्षकहरुको सो भेला तथा प्रथम अधिवेशनबाट युनियन कास्कीका सचिव समेत रहेका देवराज शर्माको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा माधव अधिकारी, सचिवमा चक्रपाणी सुवेदी, सह सचिवमा सत्यराज कँडेल, कोषाध्यक्षमा पवित्रा बराल, सदस्यहरूमा हरि प्रसाद देवकोटा, दिपक त्रिपाठी, विष्णु देवकोटा, मदन थापा, हरि के.सी. चुडामणी तिमिल्सिना, सविन चन्द्र तिवारी, रामचन्द्र अधिकारी, युवराज पोख्रेल, भोजराज अधिकारी, कृष्ण भट्टराई र प्रकाश पन्त रहेका छन ।
देशका योग्य उर्जाशिल नागरीक उत्पादन गर्ने शैक्षिक क्षेत्रभित्रका क्षमतावान शिक्षकहरुमाथि राज्यपक्षबाट अन्याय भएको र साविक उच्च मावि तहका शिक्षकहरुको समस्या समाधानको निमित्ति संघिय शिक्षा मन्त्रि सँग पनि पटक पटक छलफल चलाएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर ४ का सामाजिक विकास मन्त्रि नरदेवी पुन मगरले अहिलेको सरकारले यस क्षेत्रका अधिकाँश समस्या समाधानको लागि पहल कदमी लिनेगरी कार्यक्रम अगाडी बढाउने बताएकी थिइन् ।
युनियन कास्कीका अध्यक्ष शंकर तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन युनियन कास्कीका जिल्ला सचिव देवराज शर्माले गरेका थिए ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.