पोखरा
ताण्डव न्यूज ।
जिल्ला प्रहरी कार्यालय कास्कीका नयाँ एसपी ओमबहादुर रानाले गुण्डागर्दी विरुद्ध खरो उत्रने बताएका छन् ।
कास्कीको कमाण्ड समाल्न नपाउँदै नियोजित रुपमा आफ्नो बदनाम गराउने हेतुले प्रकाशित समाचार प्रति दुख व्यक्त गर्दै एसपी रानाले कुनै पनि गुण्डासँग आफ्नो सम्बन्ध नरहेको सुनाए ।

‘मैले काठमाडौ छदाँ गुण्डा गणेश लामालाई हतियारसहित पक्राउ गरेको थिएँ,’ उनले भने, ‘हाम्रो काम भनेकै गुण्डागर्दी र अपराध नियन्त्रण गर्नु हो ।’
एसपी रानाले कास्कीका कुनैपनि गुण्डा आफूले नचिनेको बताए । ‘मैले कास्कीमा यदि गुण्डा छन् भन्ने जानकारी मात्रै पाएँ भने सफाया गर्छु’ उनले भने ‘गुण्डागर्दी नियन्त्रण गर्न कुनै कसर बाँकी राख्दिन ।’
कास्कीमा रहेका गुण्डाको लिस्ट तयार पार्दै गरेको एसपी रानाले ताण्डव न्यूजलाई बताए ।
‘मैले पहिलो प्राथामिकतामा गुण्डागर्दी राखेको छुँ,’ उनले भने, ‘योजना बनाउँदै छुँ, कहीँ कसैले गुण्डागर्दी गरेको पाएमा तुरुन्तै कारवाहीको दायरामा ल्याउने छुँ ।’ बोलीमा भन्दा पनि काममा विश्वास राख्ने उनले सुनाए ।
‘म बोलीमा भन्दा काममा विश्वास राख्छु, मलाई जुन कामको लागि पठाइएको छ म त्यो राम्रोसँग पुरा गर्ने छु,’ उनले भने, ‘कास्कीमा काम गर्न पाउनु मेरा लागि राम्रो अवसर हो, जुन म पूर्ण रुपमा निर्वाह गर्ने छु ।’
कास्कीका जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने एसपी रानाले बताए ।
‘कुनै पनि ठाँउ कुनै पनि बेला प्रहरीले सुरक्षा दिने छ,’ उनले भने, ‘जनताको चहाना अनुसार कास्कीमा शान्ति सुरक्षा कायम रहने छ, कुनै पनि कुरामा सम्झौंता हुँदैन ।’
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.